चितवन राष्ट्रिय निकुञ्जमा तस्करले मारे २ गैंडा

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा एकसिङ्गे दुर्लभ गैंडा तस्कारहरुले मारेका छन् । गैंडा तस्करहरूले निकुञ्जको पूर्वी सेक्टरको चप्परखोरी भन्ने ठाउँमा दुईवटा पोथी गैंडा मारेका हुन् ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले एउटा अन्दाजी १८ वर्षको र अर्को अन्दाजी ५ वर्षको पोथी गैंडा तस्करले मारेको जानकारी दिए । तस्करले दुईवटा अलग–अलग खाल्डोको धरापमा पारेर गैंडा मारी खाग र खुर काटेर लगेको पाइएको छ । गैंडा एक हप्तादेखि १० दिन अगाडिको बीचमा मारेको हुनसक्ने आशंका गरिएको छ ।
निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार एक सय मिटरको फरकमा दुईवटा खाडल बनाएको र खाडलको माटो टाढा लगेर फालेको देखिन्छ । उनले व्यवसायिक व्यक्तिहरूले ठूलो योजना बनाएर गैंडा मार्न सफल भएको बताए ।
गैंडा मारिएको स्थान मानिसहरूको चहलपहल तथा सेनाको समेत गस्ती हुने क्षेत्र हो । गैंडालाई धरापमा पार्न खाल्डो खनिन्जेल निकुञ्जको सुरक्षागस्ती नहुनु तथा सूचनासमेत नपाउनु निकुञ्ज प्रशासनको लापरवाही भएको एक संरक्षण अधिकृतले बताए ।
सन् २०१५ मा गणना गर्दा नेपालमा ६४५ एकसिङ्गे दुर्लभ गैंडा रहेकामा सन् २०२१ मा गरिएको गणनामा १०७ ले बढेर ७५२ पुगेको थियो ।
ताजा

थापा र श्रेष्ठको सहकार्यमा नयाँ गीत ‘जिन्दगीको दियो’ सार्वजनिक
२०८१ माघ १६ गते, बुधबार
थापा र श्रेष्ठको सहकार्यमा नयाँ गीत ‘जिन्दगीको दियो’ सार्वजनिक
२०८१ माघ १६ गते, बुधबार
एपी शर्माले ल्याए ‘भ्यालेन्टाइन’ (भिडियो)
२०८१ माघ १६ गते, बुधबार
बिक्न छाडे ठेकी र मदानी
२०८१ माघ ८ गते, मंगलवार
ताइवानमा शक्तिशाली भूकम्प
२०८१ माघ ८ गते, मंगलवार
राष्ट्रपति पौडेलले दिए अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई
२०८१ माघ ८ गते, मंगलवार
चैत ५ गते स्ववियु निर्वाचन
२०८१ माघ ८ गते, मंगलवार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए दोस्रो कार्यकालको लागि शपथ
२०८१ माघ ८ गते, मंगलवार
सासद ढकाल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागि हुने
२०८१ माघ ५ गते, शनिबार
साँघुरो ठाउँमा प्रत्यारोपण केन्द्रको सेवा
२०८१ माघ ४ गते, शुक्रबार
३५ स्थायी शिक्षकले बुझाए सामूहिक राजीनामा
२०८१ माघ ४ गते, शुक्रबारलोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार
काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी
२०८० श्रावण २८ गते, आईतवार