नेपाली क्रिकेट टोली विश्वकपमा छनोट भए १५ लाख दिइने

२०८० कार्तिक १५ गते, बुधबार

काठमाडौं । नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको खेलमा नेपाल फाइनलमा पुगेमा राष्ट्रिय क्रिकेट टोली र अफिसियलाई प्रोत्साहनस्वरुप रू १५ लाख दिने घोषणा गरेको छ।

अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा भोगेन्द्र प्रसादद्वारा आज जारी प्रेस विज्ञप्तिमा राष्ट्रिय क्रिकेट टिम र अफिसियलाई एकमुष्ट रू १५ लाख दिने उल्लेख गरिएको छ। अस्पतालले उक्त प्रतियोगिताको फाइनल खेलमा पनि नेपाल विजयी भएमा थप रू पाँच लाख प्रदान गर्ने विज्ञप्तिमा जनाएको छ।

नोबेल मेडिकल कलेज टिचिङ अस्पतालका पूर्वअध्यक्ष तथा प्रबन्ध निर्देशक र हाल मोरङ क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य डा। सुनिलकुमार शर्माको अगुवाइमा उक्त अस्पतालले खेलाडीहरूलाई निःशुल्क एवम् सहुलियत शुल्कमा स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको पनि सो विज्ञप्तिमा उल्लेख गरिएको छ।

नेपालमा क्रिकेट खेलको विकासमा सानो भए पनि सहयोग पुगोस् र खेलाडीमा हौसला प्रदान होस् भनेर सो प्रोत्साहन रकमको व्यवस्था गरिएको सांसद डा शर्माले बताए।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा भइरहेका उक्त प्रतियोगितामा नेपाल सेमिफाइनलमा पुगेको छ। नेपालले पहिलो खेलमा सिङ्गापुरलाई आठ विकेटले पराजित गर्दै विजयी भएको थियो भने दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएउँदै सेमिफाइनलमा पुगेको हो।

अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने ट्वान्टी २० विश्वकपको अन्तिम छनोटमा नेपालसहित आठ टोलीले प्रतिस्पर्धा गरिरहेका छ्न। जसमा प्रतियोगिताबाट शीर्ष दुई टोली विश्वकपको लागि छनोट हुनेछन्।

116 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको कन्भेन्सन सम्पन्न

२०८३ जेष्ठ १९ गते, मंगलवार

माननीयज्यु रेस्लिङ रिङ कि संसद् : अनुहार फेरियो, प्रवृत्ति फेरिएन !

२०८३ जेष्ठ १९ गते, मंगलवार

‘गौँथली’को टिजरमा श्रीमान्, श्रीमती र आमाको कथा

२०८३ जेष्ठ १९ गते, मंगलवार

चलचित्र ‘सिन्दुरे जात्रा’ र अभिनेता विजय बराल

२०८३ जेष्ठ १९ गते, मंगलवार

विद्यार्थीले मन पराए चलचित्र ‘रोल नं १’

२०८३ जेष्ठ १९ गते, मंगलवार

अनुसन्धानको घेरामा रहँदै आएका वीरगञ्ज महानगरपालिकाका प्रमुख सिंह पक्राउ

२०८३ जेष्ठ १९ गते, मंगलवार

नारायणहिटी हत्याकाण्डको २५ वर्ष

२०८३ जेष्ठ १९ गते, मंगलवार

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का

२०८३ जेष्ठ १७ गते, आईतवार

काठमाडौं महानगरद्वारा कक्षा ११ को छात्रवृत्ति परीक्षा आज सञ्चालन

२०८३ जेष्ठ १७ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal