सरार्फको हत्या आरोपमा पक्राउ परेका ५ जना सार्वजनिक

२०८० कार्तिक १५ गते, बुधबार

बारा । जिल्ला प्रहरी कार्यालय बाराले आज पत्रकार सम्मेलन गरेर उपमहानगरपालिका ६ मा रहेको बाल एकता बोर्डिङ स्कुलका सञ्चालक तथा प्रधानाध्यापक ‘गुड्डु’ भनिने रुपेश सर्राफको हत्या आरोपमा पक्राउ परेका ५ जनालाई सार्वजनिक गरेको छ।सार्वजनिक गरिएकोमा राधा गुप्ता, चन्द यादव, अभिनफ कुमार सिह, जवेल अख्तर, रियाज अन्सारी गरि ५ जना रहेको पत्रकार सम्मेलनमा बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताएका छन्।

हालसम्म १० जनालाई नियन्त्रणमा लिए पनि हत्यामा प्रत्यक्ष संलग्नता रहेकाको सार्वजनिक गरिरहेको काफ्लेले बताए।सार्वजनिक भएका मनोज गुप्ताको प्रेमी रहेकी राधा गुप्तासँग अनैतिक सम्बन्ध राख्दा सरार्फको हत्या मनोजकै संलग्नता गरिएको काफ्लेले बताए।

पक्राउ परेकी राधा गुप्ता तीन वर्ष देखि भारत बिहार छौडादनव निवासी मनोज गुप्तासँगको प्रेममा रहेकी र अहिले सरार्फसँग पनि अनैतिक सम्बन्ध राखेकी काफ्लेले बताए।बाल एकता बोर्डिङ स्कुलमा काम गर्न सुरु गरे पछि राधा सरार्फसँग नजिक हुन पुगेकी काफ्लेले बताए।

सरार्फसँग पनि राधाले अनैतिक सम्बन्ध राखेको थाहा पाए पछि मनोज गुप्ताले सरार्फलाई राधासँग टाढा रहन भन्दा दुवै जनाको बिचमा पटक पटक झगडा समेत भएको थियो।

दुई पटक भएको झगडालाई बाल एकता बोर्डिङ स्कुलकै शिक्षकहरूको रोहबरमा सरार्फ र गुप्ता बिच मिलापत्र गराउने प्रयास गरिएको अनुसन्धानबाट खुलेको काफ्लेले बताए।अन्तमा राधा गुप्ताको परिवार र प्रेमी मनोज गुप्ताले बाल एकता बोर्डिङबाट सात महिना अघि नै राधालाई काम छोड्न लगाएको काफ्लेले बताए। स्कुलबाट काम छोडे पनि राधा र रुपेश बिचको अनैतिक सम्बन्ध कायमै रहेको देखेर मनोजले आक्रोशमा आएर सर्राफको हत्या गराउन पुगेको काफ्ले बताए। गोली हानिएको सोमबार भन्दा दुई महिना पहिला पनि रुपेशले राधालाई लिएर सिमराको एक होटलमा गएको देखेर त्यही मनोजले रुपेशलाई मार्ने प्रयास गरेको काफ्लेले बताए। हत्या हुनुबाट बचेर आए पछि पनि रुपेशले नत प्रहरीलाई नै जानकारी गराएको नत राधासँगको अनैतिक सम्बन्ध छोडेको काफ्लेले बताए।

44 Views

ताजा

थापा र श्रेष्ठको सहकार्यमा नयाँ गीत ‘जिन्दगीको दियो’ सार्वजनिक

२०८१ माघ १६ गते, बुधबार

थापा र श्रेष्ठको सहकार्यमा नयाँ गीत ‘जिन्दगीको दियो’ सार्वजनिक

२०८१ माघ १६ गते, बुधबार

एपी शर्माले ल्याए ‘भ्यालेन्टाइन’ (भिडियो)

२०८१ माघ १६ गते, बुधबार

बिक्न छाडे ठेकी र मदानी

२०८१ माघ ८ गते, मंगलवार

ताइवानमा शक्तिशाली भूकम्प

२०८१ माघ ८ गते, मंगलवार

राष्ट्रपति पौडेलले दिए अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

२०८१ माघ ८ गते, मंगलवार

चैत ५ गते स्ववियु निर्वाचन

२०८१ माघ ८ गते, मंगलवार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए दोस्रो कार्यकालको लागि शपथ

२०८१ माघ ८ गते, मंगलवार

सासद ढकाल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागि हुने

२०८१ माघ ५ गते, शनिबार

साँघुरो ठाउँमा प्रत्यारोपण केन्द्रको सेवा

२०८१ माघ ४ गते, शुक्रबार

३५ स्थायी शिक्षकले बुझाए सामूहिक राजीनामा

२०८१ माघ ४ गते, शुक्रबार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal