दशैँका लागि गाउँघर गएकाहरु धमाधम फर्किँदै

२०८० कार्तिक ९ गते, बिहीबार

काठमाण्डौ । दशैँका लागि गाउँघर गएकाहरु धमाधम फर्किन थालेका छन् । यसले गर्दा काठमाण्डौसँग जोडिएका मुख्य नाकामा चाप पर्न थालेको छ । नागढुङ्गा–नौबिसे सडक खण्ड र भक्तपुर बनेपा सडक खण्डमा चाप बढेको छ ।

आजदेखि दशैँ बिदा सकिने भएकाले गाउँघर गएका धेरैजसो फर्किन थालेका छन् । यसपालि सडकको अवस्थाका कारण यात्रा निकै कष्टकर भएको यात्रुले बताएका छन् । विस्तार तथा मर्मतका लागि खनिएका र भत्काइएका सडकमा समयमै काम नहुँदा यात्रा कष्टकर बनेको हो ।

यसैबीच, नेपाल प्रहरीले चाडपर्वको समयमा हुने दुर्घटना यो वर्ष कम भएको जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले विगतका वर्षको तुलनामा लामो दूरीका सार्वजनिक गाडी दुर्घटना यसपालिको दशैँमा अहिलेसम्म कम भएको जानकारी दिनुभयो ।

161 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal