सम्पादक बास्तोलालाई पितृशोक
२०८० कार्तिक ९ गते, बिहीबार
काठमाडौं। नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश पार्षद रहस्य साप्ताहिक तथा रहस्य खबर डट कमका सम्पादक मुक्ति बास्तोलालाई पितृशोक परेको छ।
बास्तोलाका पिता जनकलाल बास्तोलाको मंगलबार सांझ आफ्नै निवास नेचासल्यान–३ भदौरे सोलुखुम्बुमा निधन भएको हो। ९० बर्षीय बास्तोला चारदिन अघिदेखि अस्वस्थ हुनुभएको थियो।
स्वर्गीय बास्तोलाका सम्पादक बास्तोलासहित २ छोरा र ३ छोरी हुनुहुन्छ।
46 Views