ग्लोबल ग्रु एण्ड कम्पनी प्रालिद्वारा चौथो ग्लोबल ईभेन्ट – २०८० सफलतापूर्वक सम्पन्न
काठमाडौं । ग्लोबल ग्रुप एण्ड कम्पनी प्रालि टोखा–९ काठमाडौंले चौथो ग्लोबल ईभेन्ट – २०८० कुशलतापुर्वक आयोजना गरेको छ । कार्तिक १ गते बुधबार काठमाडौं चाबहिल स्थित ए–वान पार्टी प्यालेसमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।कार्यक्रममा प्रमुख अतिथिको रुपमा त्रिभुवन विश्व विद्यालयका प्रोफेसर डा. राजु मानन्धर, विशेष अतिथिहरु लोक गायक कुलेन्द्र विश्वकर्मा ,राष्ट्रिय लोकदोहोरी प्रतिस्ठानका महासचिव सर्जक शिव हमाल, लोक गायक देवनारायण मगर, बरिष्ठ अधिवक्ता पदम राज पन्त लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता यसै कम्पनीका अध्यक्ष तोरण थापा मगरले गर्नु भएको थियोे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राजु मानन्धरले कार्यक्रमको शुभकामना व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो –ग्लोबल ग्रुप एण्ड कम्पनी नेपालमा विजनेस करियर बनाउन चाहाने उद्यमशिल युवाहरूको लागि एउटा उचित गन्तव्य हो । सिर्जनात्मक सिप विकासको लागि यो एउटा उत्तम विकल्प हुनसक्छ । बजारीकरण पेसा एउटा व्यापार मात्रै नभएर यो एउटा व्यवसाय सिकाई हो “।कार्यक्रममा सालको पात टपरी हुने ,लालुमै लगायतका सांगीतिक कोसेलीहरु रह्यो । ग्लोबल ग्रुप एण्ड कम्पनीले हरेक बर्ष दिदै आएको जिआरए अवार्ड यस वर्ष सर्जक तथा गायक कुलेन्द्र विश्वकर्मालाई प्रदान गरेको छ । उहाँले नेपाली लोक संगीतको क्षेत्रमा अतुलनीय योजना पु¥याउन सफल हुनुभएको छ ।

कार्यक्रममा कम्पनीलाई आन्तरिक व्यवस्थापनमा योगदान पु¥याउन सफल कम्पनीका सह–महाप्रबन्धक सरिता धामी त्यसैगरी कम्पनीका टिम मुविलाईजेसन अफिसर अन्जना मगरलाई पनि अघिल्लो वर्षको GRA द्वारा सम्मान गरेको छ । उक्त कार्यक्रम को बिच कृष्मा तामाङलाई कम्पनीले सहायक व्यवस्थापक मा पदोन्नति गराएको हो । संजिता चेपाङ ,कृष्मा तामाङ साथै रमिला पुरिलाई क्रमशः हिरो अफ द मन्थ अवार्डले सम्मान गरेको छ । यस वर्ष दशै इभेन्टको बम्पर बिजेता रमिला पुरी रहनु भएको छ भने कम्पनीको 2 wheels scheme लक्की ड्र मार्फत रविन चाम्लिङ राईले प्राप्त गर्न सफल हुनु भयो । कार्यक्रममा संचालक समिति, विभागिए प्रमुखहरु र व्यवस्थापन टिमको उपस्थिति थियो । कार्यक्रमको संचालन उप –महाप्रबन्धक कुमारी निउरेले गर्नु भएको थियो । कार्यक्रम विहान ९ बजे सुरु भई वेलुका ६ बजे समापन भएको थियो ।
ताजा
पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत
२०८३ जेष्ठ १९ गते, मंगलवार
पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत
२०८३ जेष्ठ १९ गते, मंगलवार
मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको कन्भेन्सन सम्पन्न
२०८३ जेष्ठ १९ गते, मंगलवार
माननीयज्यु रेस्लिङ रिङ कि संसद् : अनुहार फेरियो, प्रवृत्ति फेरिएन !
२०८३ जेष्ठ १९ गते, मंगलवार
‘गौँथली’को टिजरमा श्रीमान्, श्रीमती र आमाको कथा
२०८३ जेष्ठ १९ गते, मंगलवार
चलचित्र ‘सिन्दुरे जात्रा’ र अभिनेता विजय बराल
२०८३ जेष्ठ १९ गते, मंगलवार
विद्यार्थीले मन पराए चलचित्र ‘रोल नं १’
२०८३ जेष्ठ १९ गते, मंगलवार
अनुसन्धानको घेरामा रहँदै आएका वीरगञ्ज महानगरपालिकाका प्रमुख सिंह पक्राउ
२०८३ जेष्ठ १९ गते, मंगलवार
नारायणहिटी हत्याकाण्डको २५ वर्ष
२०८३ जेष्ठ १९ गते, मंगलवार
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का
२०८३ जेष्ठ १७ गते, आईतवार
काठमाडौं महानगरद्वारा कक्षा ११ को छात्रवृत्ति परीक्षा आज सञ्चालन
२०८३ जेष्ठ १७ गते, आईतवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





