ग्लोबल ग्रु एण्ड कम्पनी प्रालिद्वारा चौथो ग्लोबल ईभेन्ट – २०८० सफलतापूर्वक सम्पन्न
काठमाडौं । ग्लोबल ग्रुप एण्ड कम्पनी प्रालि टोखा–९ काठमाडौंले चौथो ग्लोबल ईभेन्ट – २०८० कुशलतापुर्वक आयोजना गरेको छ । कार्तिक १ गते बुधबार काठमाडौं चाबहिल स्थित ए–वान पार्टी प्यालेसमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।कार्यक्रममा प्रमुख अतिथिको रुपमा त्रिभुवन विश्व विद्यालयका प्रोफेसर डा. राजु मानन्धर, विशेष अतिथिहरु लोक गायक कुलेन्द्र विश्वकर्मा ,राष्ट्रिय लोकदोहोरी प्रतिस्ठानका महासचिव सर्जक शिव हमाल, लोक गायक देवनारायण मगर, बरिष्ठ अधिवक्ता पदम राज पन्त लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता यसै कम्पनीका अध्यक्ष तोरण थापा मगरले गर्नु भएको थियोे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राजु मानन्धरले कार्यक्रमको शुभकामना व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो –ग्लोबल ग्रुप एण्ड कम्पनी नेपालमा विजनेस करियर बनाउन चाहाने उद्यमशिल युवाहरूको लागि एउटा उचित गन्तव्य हो । सिर्जनात्मक सिप विकासको लागि यो एउटा उत्तम विकल्प हुनसक्छ । बजारीकरण पेसा एउटा व्यापार मात्रै नभएर यो एउटा व्यवसाय सिकाई हो “।कार्यक्रममा सालको पात टपरी हुने ,लालुमै लगायतका सांगीतिक कोसेलीहरु रह्यो । ग्लोबल ग्रुप एण्ड कम्पनीले हरेक बर्ष दिदै आएको जिआरए अवार्ड यस वर्ष सर्जक तथा गायक कुलेन्द्र विश्वकर्मालाई प्रदान गरेको छ । उहाँले नेपाली लोक संगीतको क्षेत्रमा अतुलनीय योजना पु¥याउन सफल हुनुभएको छ ।

कार्यक्रममा कम्पनीलाई आन्तरिक व्यवस्थापनमा योगदान पु¥याउन सफल कम्पनीका सह–महाप्रबन्धक सरिता धामी त्यसैगरी कम्पनीका टिम मुविलाईजेसन अफिसर अन्जना मगरलाई पनि अघिल्लो वर्षको GRA द्वारा सम्मान गरेको छ । उक्त कार्यक्रम को बिच कृष्मा तामाङलाई कम्पनीले सहायक व्यवस्थापक मा पदोन्नति गराएको हो । संजिता चेपाङ ,कृष्मा तामाङ साथै रमिला पुरिलाई क्रमशः हिरो अफ द मन्थ अवार्डले सम्मान गरेको छ । यस वर्ष दशै इभेन्टको बम्पर बिजेता रमिला पुरी रहनु भएको छ भने कम्पनीको 2 wheels scheme लक्की ड्र मार्फत रविन चाम्लिङ राईले प्राप्त गर्न सफल हुनु भयो । कार्यक्रममा संचालक समिति, विभागिए प्रमुखहरु र व्यवस्थापन टिमको उपस्थिति थियो । कार्यक्रमको संचालन उप –महाप्रबन्धक कुमारी निउरेले गर्नु भएको थियो । कार्यक्रम विहान ९ बजे सुरु भई वेलुका ६ बजे समापन भएको थियो ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





