बीपी नै मेरो राजनीतिक प्रेरणाको स्रोतः सभापति देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं पार्टीका संस्थापक नेता जननायक बीपी कोइराला नै आफ्नो राजनीतिक प्रेरणाको स्रोत भएको बताएका छन् ।
पार्टीले आयोजना गरेको आजदेखि प्रारम्भ भएको तीन दिने ‘बीपी साहित्य महोत्सव’को उद्घाटन समारोहमा उनले बीपी आफैमा बहुआयामिक व्यक्तित्व भएको उल्लेख गरे । सभापति देउवाले भने, “उहाँ राजनीतिक जगतमा सबैका अनुकरणीय विचारक, चिन्तक हुनुहुन्थ्यो भने साहित्यिक आकाशमा सधैँ अजर र अमर नक्षेत्रको रुपमा आज पनि स्थापित हुनुहुन्छ । उहाँको राजनीतिक चिन्तनले देखाएको मार्ग मै हामी हिँडेका छौँ ।”
विपीकै चिन्तनले मुलुक समृद्ध बनाउन सकिने र प्रयत्न भइरहेको उल्लेख गर्दै उनले नेपालका सबै राजनैतिक दलहरुले कुनै न कुनै दृष्टिकोणले आज पनि बीपीको विचारमा आकर्षित मात्रै होइन अनुकरण पनि गर्दै आएको बताए ।
“बीपी सादा जीवनमा विश्वास गर्ने उच्च तहको नेता र प्रसिद्ध साहित्यकार हुनुहुन्थ्यो । हामीले उहाँलाई भेट्दा तिमीहरु ठूलो मान्छे होइन, असल मान्छे बन्नु भन्नुहुन्थ्यो । उहाँले माक्र्स र गान्धीलाई गहिरिएर पढ्नुभएको थियो । प्रेम, शान्ति, अहिंसा र लोकतन्त्रका सन्दर्भमा उहाँ गान्धीसँग र आर्थिक समानताका सवालमा माक्र्सवादी चिन्तनलाई आवश्यक ठान्नुहुन्थ्यो”, सभापति देउवाले भने ।
बीपीले प्रजातान्त्रिक समाजको व्याख्या गर्दै भन्नुभएको र साम्यवादमा प्रजातन्त्र थपिदियो भने समाजवाद हुन्छ र समाजवादबाट प्रजातन्त्र झिकिदियो भने साम्यवाद हुने बीपीको विचार रहेको सभापति देउवाले बताए । उनले आज कांग्रेस बहुदलीय संसदीय शासन प्रणाली र प्रजातान्त्रिक समाजवादी अर्थ व्यवस्थालाई आफ्नो मूल सिद्धान्त र आर्दश कायम गरेर अघि बढेको बताए ।
बीपी कोइरालाको ११०औँ जन्मजयन्तीका अवसरमा कांग्रेस केन्द्रीय कार्यसमितिको आयोजना एवं नेपाली लेखक सङ्घको संयोजन एवं नेपाल सांस्कृतिक महासङ्घ, निरन्तर शनिबार र फाइनआर्टको सहयोगमा यही भदौ २४ देखि २६ गतेसम्म चल्ने पार्टी केन्द्रीय कार्यालय सानेपामा महोत्सव हुनेछ ।
ताजा
साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा
२०८३ श्रावण २८ गते, बिहीबार
साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा
२०८३ श्रावण २८ गते, बिहीबार
‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित
२०८३ श्रावण २८ गते, बिहीबार
रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता
२०८३ श्रावण २८ गते, बिहीबार
सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’
२०८३ श्रावण २७ गते, बुधबार
युवा : उमेर होइन, सम्भावनाको नाम हो
२०८३ श्रावण २७ गते, बुधबार
देउवा मंगलबार स्वदेश फर्किंदै
२०८३ श्रावण २२ गते, शुक्रबार
कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक
२०८३ श्रावण २२ गते, शुक्रबार
माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा
२०८३ श्रावण २१ गते, बिहीबार
नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
२०८३ श्रावण २० गते, बुधबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





