पहिचानवाद अपूर्ण छ, राज्यशक्ति प्राप्तिका लागि सङ्घवाद नै चाहिन्छः कावा अध्यक्ष श्रेष्ठ

२०८० भाद्र २४ गते, आईतवार

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले पार्टीले राज्ययन्त्रमा मात्र होइन, आफ्नो सङ्गठनात्मक काममा पनि सङ्घीयताको अभ्यास गर्नुपर्ने बताएको छ । उनले उक्त कुरा जसपा बागमती प्रदेशका केन्द्रीय सदस्यहरूसहितको अगुवा कार्यकर्ता भेलामा बताएको हो ।

कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले जनता समाजवादी पार्टीको मार्गदर्शक सिद्धान्त सङ्घीय समाजवाद, पहिचान र सङ्घीयता बिचको अन्तर्सम्बन्ध र पार्टी विधानले अंङ्गीकार गरेको सङ्गठनात्मक सिद्धान्त लगायतका विषयमा प्रशिक्षणात्मक मन्तब्य राखेका थिए । उनले भने, ‘पार्टीको मार्गदर्शक सिद्धान्त सङ्घीय समाजवाद हो । सङ्घीयता देशका उत्पीडित राष्ट्रियताहरूमाथि भइरहेको विभेद मुक्तिको आधार र समाजवाद श्रमजीवी वर्गको मुक्तिको आधार हो । आजभोली सङ्घवादभन्दा पहिचानवाद शब्द धेरैलाई प्रीय लागेको छ । तर राजकीय सत्ता र शासनाधिकारको साझेदारीको सम्बोधन सङ्घवादको सैध्दान्तिक मान्यताले मात्र हुन्छ ।’

प्रमुख अतिथि श्रेष्ठले विश्वका चीन, बेलायत, नर्वे लगायतका एकात्मक देशहरूले उत्पीडित राष्ट्रियताहरूको पहिचानलाई सम्बोधन गरेको कुरा उदाहरण दिंदै भने, ‘पहिचानको माग र मुद्दाहरू एकात्मक देशमा पनि सम्बोधन हुन सक्छ । तर यसले राजकीय सत्ता र शासनाधिकार बाँडफाँटको उद्देश्य पूरा हुँदैन । केन्द्रमा साझा शासनका लागि सङ्घीयता नै आवश्यक छ ।’

उनले भने, ‘हाम्रो पार्टीले समाजवादसँगै सङ्घवादलाई जोड दिइरहँदा एकातिर यसले पहिचानको मान्यतासँगै राजकीय सत्ता र शासनाधिकारकै साझेदारीमा जोड दिएको छ भने अर्कोतिर सुशासन, समृध्दि र सामाजिक न्यायको मुद्दालाई पनि सम्बोधन गरेको छ । सङ्घीय समाजवादले मात्र पहिचान र अधिकारका साथै श्रमजीवी वर्गको मुक्तिको सवाल पनि सम्बोधन गर्छ ।’

पार्टीको बागमती प्रदेश इन्चार्ज सुशिला श्रेष्ठको अध्यक्षतामा संगठन विस्तार तथा सुदृढीकरण कार्ययोजना निर्माणका लागि भएको अगुवा कार्यकर्ता भेलाले अभियानमा सम्पूर्ण केन्द्रीय सदस्य र केन्द्रीय निकायका सदस्यहरूलाई पालिका पालिकामा खटाएको छ । खटाइएका प्रतिनिधिहरूले आफूलाई खटाइएको पालिका समितिसँग समन्वय गरी तत्काल गठन पुनर्गठन गरी पार्टी सुदृढीकरणका काममा लाग्न बागमती प्रदेश इन्चार्ज श्रेष्ठले निर्देशन दिए । कार्यक्रमको सञ्चालन वागमती प्रदेश सहइन्चार्ज सुनी लामा र स्वागत सहइन्चार्ज लालबहादुर तामाङले गरेका थिए ।

192 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal