सभापति खतिवडाले मनपरी गरेको कांग्रेस सांसद थानीको आरोप

२०८२ असार १८ गते, बुधबार

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री हृदयराम थानीले राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाल नै संघीय निजामती सेवा विद्येयकका सम्बन्धमा मनपरी गरेको आरोप लगाएका छन् । उनले सभापति खतिवडालाई कसको दबाबमा यस्तो चलखेल गर्नुभयो ? भनेर कडा प्रश्न राखेका थिए ।

आज बसेको समितिको आकस्मिक बैठकमा बोल्दै उनले समितिका सचिव सुरज कुमार दुरालाई पनि प्रश्न गरे । उनले सचिवलाई नपढी हस्तक्षर गरेको हो भन्दै सोधेका छन् । उनले भने,‘तपाईंले नपढीकन सिग्नेचर गर्नुभएको भन्ने मेरो मनमा छैन। दुराजी, तपाईंले ठूलाका दबाबमा ५ (क) राख्नुभएको हो ? दुराजी तपाईं सचिव हो, नयाँ मान्छे होइन। सभापति टाठोबाठोमध्येको सभापति हो। कुलिङ पिरियडमा थाहा छैन भनेर तपाईंले थाहा पाइनँ भन्न मिल्छ ?’

थानीले सभापति खतिवडाले मनपरी गरेको भन्दै आक्रोश पोखे । उनले यसरी विद्येयकमाथि चलखेल गर्दाको कोर टिममा को को छन् भनेर सार्वजनिक गर्नसमेत सभापति खतिवडालाई आग्रह गरे । उनले भने,‘सभापतिजी, तपाईंको कोर टिम को हो ? आज भनिदिनुहो, तपाईं र दुरापछि कांग्रेस, एमालेबाट कसलाई राख्नुभएको थियो ?’ उनले पनि यो प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग गरे ।

140 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

कांग्रेसको महाधिवेशन आजदेखि

२०८३ आश्विन १८ गते, आईतवार

पुस्तकलाई अभिभावकसँग जोड्दै कोसी साहित्य–कला परिषद् नेपाल

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal