रसुवामा भीषण बाढीः मितेरीपुल भाँचियो, कन्टेनर र ईभी गाडी बगायो

२०८२ असार २४ गते, मंगलवार

रसुवा । अविरल वर्षाका कारण भोटेकोशी नदीमा आएको बाढीले नेपाल–चीन सिमानाका रसुवागढीस्थित मितेरीपुल भाँचिएको छ। आज बिहान गोसाइँकुण्ड गाउँपालिका–२ मा अवस्थित पुल बिचबाट भाँचिएर बगाएको सशस्त्र प्रहरी बल टिमुरेले जनाएको छ।

बाढीले टिमुरेस्थित भन्सार यार्डमा पसेर केही लोड कन्टेनर डिब्बाहरू तथा पार्क गरिएको करिब ७–८ वटा विद्युतीय गाडीहरू पनि बगाएको छ। साथै, रसुवागढी हाइड्रोपावरको ड्याममा पनि क्षति पुगेको सशस्त्र प्रहरीले जनाएको छ ।

यसैगरी भन्सार यार्डमा रहेका ९ जना स्थानीय नागरिक, एक जना नेपाल प्रहरी र बीओपी टिमुरेमा कार्यरत सशस्त्र प्रहरी प्रदीप वाग्ले चारै तिरबाट बाढीले घेरेपछि फसेका छन् । उनीहरूलाई उद्धार गर्ने प्रयास भइरहेको छ। तर, नदीको बहाव तीव्र बन्दै गइरहेकोले उद्धार कार्यमा कठिनाइ भएको जनाइएको छ। हालसम्म कुनै मानवीय क्षति भने रिपोर्ट गरिएको छैन।

सशस्त्र प्रहरी निरीक्षक प्रकाश पाण्डेको कमाण्डमा बीओमी टिमुरेबाट २० जनाको टोली खटिएको छ। यसैगरी विहान ५ बजे नं। २० गुल्म रसुवाबाट रविन्द्र दाहालको कमाण्डमा २१ जना टोली (जसमा ७ जना विपद् व्यवस्थापन तालिमप्राप्त) उद्धार सामग्रीसहित स्याफ्रुबेसीबाट घटनास्थलतर्फ पठाइएको छ।

119 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

३८४ जना पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal