संस्थापन पक्षलाई सेखरको चेतावनी
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले एकलौटी रूपमा १३ जिल्लाका महिला संघका अध्यक्ष हटाएको भन्दै डा. शेखर कोइराला पक्षले आपत्ति जनाएको छ ।
तेस्रो अधिवेशनबाट निर्वाचित जिल्ला अध्यक्षलाई एकलौटी हटाएको भन्दै शेखर पक्षले समानान्तर समिति बनाउने चेतावनीसमेत दिएको हो । महिला संघका अध्यक्षले विभिन्न १३ जिल्लाका अध्यक्षलाई कसैसँग पनि परामर्श नगरी हटाएकी थिइन् ।
एकपछि अर्को गर्दै विभिन्न जिल्लाका अध्यक्ष हटाउन थालेपछि शेखर समूहले सभापति शेरबहादुर देउवासहित महामन्त्रीहरूको ध्यानाकर्षण गराएका थिए । तर, जिल्ला अध्यक्ष हटाउने क्रम नरोकिएपछि उनीहरूले केन्द्रदेखि जिल्लासम्म समानान्तर समिति बनाउने चेतावनी दिएका हुन् ।
हुम्लाबाट हटाइएकी रिता शाहीले विधानविपरीत १३ जिल्ला अध्यक्षलाई हटाएर नयाँलाई जिम्मेवारी दिइएको जानकारी दिइन् । ‘सोलुखुम्बु, पर्सा, बारा, सिराहा, सप्तरी, महोत्तरी, कास्की, हुम्ला, झापा, इलाम, ताप्लेजुङ, रौतहट, नवलपरासी जिल्लाका महिला संघ अध्यक्ष एकपछि अर्को गर्दै हटाइएको छ । यो विधानविपरीत भयो भनेर सभापतिदेखि सबै नेताको ध्यानाकर्षण गराइएको छ’ शाहीले भनिन् ।
विधानविपरीत भएका कामलाई नमान्ने उनले चेतावनी दिइन् । हामी पत्रकार सम्मेलन गर्दैछौं । निर्णय नसच्याए आवश्यक पर्दा केन्द्रदेखि जिल्लासम्मै समानान्तर समिति बनाउँछौ,’ उनले थपिन् । अनुपम फुडल्याण्डमा पत्रकार सम्मेलन गर्दै विधान विपरीतका कदम सच्याउन दबाब दिने तयारी शेखर पक्षले गरेको छ ।
ताजा
मधेशको विकासप्रति रास्वपा प्रतिबद्धः बालेन शाह
२०८२ माघ २७ गते, मंगलवार
मधेशको विकासप्रति रास्वपा प्रतिबद्धः बालेन शाह
२०८२ माघ २७ गते, मंगलवार
रामेछाप बस दुर्घटना, मृतकको संख्या १२ पुग्यो
२०८२ माघ २७ गते, मंगलवार
कराते टोली थाइल्याण्डको इन्टरनेशनल कराते च्याम्पियनसिपमा सहभागी हुदै
२०८२ माघ २७ गते, मंगलवार
चलचित्र ‘शिवांश : च्याप्टर १’ को ट्रेलर सार्वजनिक
२०८२ माघ २४ गते, शनिबार
प्रिमियम कन्स्ट्रसन केमिकल ब्राण्ड ‘मापिसा’का एडिसिभ उत्पादन नेपाली बजारमा
२०८२ माघ २४ गते, शनिबार
निर्वाचन आउन २६ दिन बाँकीः २४ उम्मेदवारले बुझाए स्पष्टीकरण
२०८२ माघ २४ गते, शनिबार
हृदयघातका कारण वरिष्ठ कलाकार सुनिल थापाको निधन
२०८२ माघ २४ गते, शनिबार
कमला सन्ध्या आरती सम्पन्न
२०८२ माघ २४ गते, शनिबार
Talk Program on Kashmir Solidarity Day
२०८२ माघ २२ गते, बिहीबार
आफ्नै कारणले ‘रेड जोन’मा गगन थापा
२०८२ माघ २२ गते, बिहीबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





