संस्थापन पक्षलाई सेखरको चेतावनी
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले एकलौटी रूपमा १३ जिल्लाका महिला संघका अध्यक्ष हटाएको भन्दै डा. शेखर कोइराला पक्षले आपत्ति जनाएको छ ।
तेस्रो अधिवेशनबाट निर्वाचित जिल्ला अध्यक्षलाई एकलौटी हटाएको भन्दै शेखर पक्षले समानान्तर समिति बनाउने चेतावनीसमेत दिएको हो । महिला संघका अध्यक्षले विभिन्न १३ जिल्लाका अध्यक्षलाई कसैसँग पनि परामर्श नगरी हटाएकी थिइन् ।
एकपछि अर्को गर्दै विभिन्न जिल्लाका अध्यक्ष हटाउन थालेपछि शेखर समूहले सभापति शेरबहादुर देउवासहित महामन्त्रीहरूको ध्यानाकर्षण गराएका थिए । तर, जिल्ला अध्यक्ष हटाउने क्रम नरोकिएपछि उनीहरूले केन्द्रदेखि जिल्लासम्म समानान्तर समिति बनाउने चेतावनी दिएका हुन् ।
हुम्लाबाट हटाइएकी रिता शाहीले विधानविपरीत १३ जिल्ला अध्यक्षलाई हटाएर नयाँलाई जिम्मेवारी दिइएको जानकारी दिइन् । ‘सोलुखुम्बु, पर्सा, बारा, सिराहा, सप्तरी, महोत्तरी, कास्की, हुम्ला, झापा, इलाम, ताप्लेजुङ, रौतहट, नवलपरासी जिल्लाका महिला संघ अध्यक्ष एकपछि अर्को गर्दै हटाइएको छ । यो विधानविपरीत भयो भनेर सभापतिदेखि सबै नेताको ध्यानाकर्षण गराइएको छ’ शाहीले भनिन् ।
विधानविपरीत भएका कामलाई नमान्ने उनले चेतावनी दिइन् । हामी पत्रकार सम्मेलन गर्दैछौं । निर्णय नसच्याए आवश्यक पर्दा केन्द्रदेखि जिल्लासम्मै समानान्तर समिति बनाउँछौ,’ उनले थपिन् । अनुपम फुडल्याण्डमा पत्रकार सम्मेलन गर्दै विधान विपरीतका कदम सच्याउन दबाब दिने तयारी शेखर पक्षले गरेको छ ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





