भूमिसुधार सचिवमा दुवाडी

२०८० श्रावण १९ गते, शुक्रबार

काठमाडौं । ‘अर्थ नबर्थ गोविन्द गाई, टाउको दुखेको औषधि नाइटोमा लाई’ भनेजस्तै अहिले मन्त्रालयका अधिकांश सचिवहरु मन्त्रालयविज्ञ छैनन् । उदाहरणका लागि गत श्रावण ४ गते पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयबाट शिक्षा मन्त्रालयमा सरुवा भएका सचिव सुरेश अधिकारी शिक्षाविज्ञ हैनन् । उनलाई मन्त्रीको ‘एसम्यान’ बनाएर शिक्षा पठाइएको छ ।
यसरी विज्ञताविहीन सचिवलाई गहन जिम्मेवारी बोकेको मन्त्रालयमा पठाउँदा सरकारले नतिजा प्राप्त गर्न सक्दैन र विवादमा पर्दछ । यसै परिप्रेक्ष्यमा कित्ताकाट रोकिएपछि राजश्वमा समेत असर परेको भन्दै कित्ताकाट खुलाउन सरकारले गत श्रावण ४ गते निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीलाई भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्रालयमा सरुवा गरेको छ । यसभन्दा अगाडिका सचिवलाई कित्ताकाट खुलाउन र सहकारीको समस्या सुल्झाउन नसकेको आरोपमा खरिद अनुगमनमा सरुवा गरिएको श्रोतले बताएको छ । यसअघिका सचिव डा. दामोदर रेग्मी आगामी कार्तिक ११ गते अवकाश हुँदैछन् ।

रेग्मी मुख्यसचिव हुने चर्चा चले पनि हुन सकेनन् । हालै भूमिसुधार सचिवमा भित्रिएका दुवाडी कुशल प्रशासकको समन्वयकर्ता र जग्गाको बारेमा जानकार मानिन्छन् । सचिव दुवाडी २०७५ सालमा भूमि व्यवस्था तथा अभिलेख विभागको महानिर्देशक बनेर अनुभव हासिल गरेका व्यक्ति हुन् ।

२०७४ श्रावण २६ गतेदेखि कित्ताकाट बन्द भएको भनिए पनि भित्रभित्रै मालपोत र नापी कार्यालयका कर्मचारीले १–२ लाख घुस लिएर कित्ताकाट हुँदै आए पनि मालपोत र नापीका डिजी आँखामा पट्टि बाँधेर बसेको समाचार श्रोतले बताएको छ ।

126 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal