भूमिसुधार सचिवमा दुवाडी

२०८० श्रावण १९ गते, शुक्रबार

काठमाडौं । ‘अर्थ नबर्थ गोविन्द गाई, टाउको दुखेको औषधि नाइटोमा लाई’ भनेजस्तै अहिले मन्त्रालयका अधिकांश सचिवहरु मन्त्रालयविज्ञ छैनन् । उदाहरणका लागि गत श्रावण ४ गते पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयबाट शिक्षा मन्त्रालयमा सरुवा भएका सचिव सुरेश अधिकारी शिक्षाविज्ञ हैनन् । उनलाई मन्त्रीको ‘एसम्यान’ बनाएर शिक्षा पठाइएको छ ।
यसरी विज्ञताविहीन सचिवलाई गहन जिम्मेवारी बोकेको मन्त्रालयमा पठाउँदा सरकारले नतिजा प्राप्त गर्न सक्दैन र विवादमा पर्दछ । यसै परिप्रेक्ष्यमा कित्ताकाट रोकिएपछि राजश्वमा समेत असर परेको भन्दै कित्ताकाट खुलाउन सरकारले गत श्रावण ४ गते निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीलाई भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्रालयमा सरुवा गरेको छ । यसभन्दा अगाडिका सचिवलाई कित्ताकाट खुलाउन र सहकारीको समस्या सुल्झाउन नसकेको आरोपमा खरिद अनुगमनमा सरुवा गरिएको श्रोतले बताएको छ । यसअघिका सचिव डा. दामोदर रेग्मी आगामी कार्तिक ११ गते अवकाश हुँदैछन् ।

रेग्मी मुख्यसचिव हुने चर्चा चले पनि हुन सकेनन् । हालै भूमिसुधार सचिवमा भित्रिएका दुवाडी कुशल प्रशासकको समन्वयकर्ता र जग्गाको बारेमा जानकार मानिन्छन् । सचिव दुवाडी २०७५ सालमा भूमि व्यवस्था तथा अभिलेख विभागको महानिर्देशक बनेर अनुभव हासिल गरेका व्यक्ति हुन् ।

२०७४ श्रावण २६ गतेदेखि कित्ताकाट बन्द भएको भनिए पनि भित्रभित्रै मालपोत र नापी कार्यालयका कर्मचारीले १–२ लाख घुस लिएर कित्ताकाट हुँदै आए पनि मालपोत र नापीका डिजी आँखामा पट्टि बाँधेर बसेको समाचार श्रोतले बताएको छ ।

139 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal