श्रमिकलाई अनिवार्य गरिएको पोशाक यातायात व्यवसायी महासंघले नमान्ने

२०८० श्रावण ९ गते, मंगलवार

काठमाडौं । यातायात व्यवसायी महासंघले यातायात श्रमिकलाई अनिवार्य गरिएको पोशाकको नियम नमान्ने घोषणा गरेका छन् ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपाल यातायाता व्यवसायी राष्ट्रिय महासंघले यस्तो व्यवस्था सच्याउन र तत्काल देशभर एकै प्रकारको मापदण्ड तयार गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

सोमबार भौतिक पूर्वाधार तथा यातायाता व्यवस्था मन्त्री प्रकाश ज्वालाले यातायात श्रमिकलाई अनिवार्य पोशाक र परिचय पत्र कार्यक्रमको सुरुवात गरेका थिए । महासंघले मन्त्रीले सुरुवात गरेको पोशाक र परिचय पत्र केही निजी कम्पनीको स्वार्थ अनुकूलको भएको बताएको छ ।

देशभर रहेका ३ लाख ८० हजार यात्रु तथा मालबाहक सवारीमा झण्डै ११ लाख बढी श्रमिक आश्रित रहेको भन्दै महासंघले श्रमिक, व्यवसायी र सरकार बीचको त्रिपक्षीय छलफल पछि मात्रै यस्तो व्यवस्ता कार्यान्वयन गर्न माग गरेको छ ।

139 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal