प्रचण्ड पत्नी सिता दाहालको आजै अन्त्यष्टि गरिने, पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाडामा राखिने
२०८० असार २७ गते, बुधबार
काठामडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार समेत रहेकी सीता दाहालको निधन भएको छ । आज बिहान साढे ८ बजे सीताको निधन भएको अस्पतालले पुष्टि गरेको छ ।
सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बिहान ११ देखि १ बजेसम्म केन्द्रीय कार्यालय पेरिसडाडामा राखिने वाइसिएल इन्चार्ज रामप्रसाद सापकोटाले बताए । उनको आजै दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ ।
52 Views