१५ महिनापछि तरुण दलले पायो पूर्णता
२०८० असार १४ गते, बिहीबार
काठमाडौँ । नेपाली कांग्रेसले नेपाल तरुण दल केन्द्रीय तदर्थ कार्यसमिति सदस्यहरूको मनोनयन गरेको छ । सभापति शेरबहादुर देउवाले बुधबार राति विद्धान गुरुङको अध्यक्षता गठित दलको केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा ४ सय जना मनोनयन गरेका हुन् ।
गुरुङ अध्यक्षमा मनोनीत भएको १५ महिनापछि तरुण दलको तदर्थ कार्यसमिति आएको हो । २०७८ चैत ८ गते गुरुङ अध्यक्षतामा मनोनीत भएका थिए ।
49 Views