पूर्वबैंकर अनिलकेशरी शाह रास्वपामा विलय
२०८० असार ७ गते, बिहीबार
काठमाडौं । सेलिब्रेटी पूर्व बैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा प्रवेश गरेका छन् । पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा शाह रास्वपा प्रवेश गरेका हुन् ।
उनलाई पार्टी सभापति रवि लामिछानेले स्वागत गरेका छन् ।शाहले रास्वपा प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।
रास्वपाले आज पार्टी स्थापना दिवसका अवसरमा पार्टी कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरेको छ । अहिले केन्द्रीय समिति र संसदीय बैठक जारी रहेको छ ।
53 Views