अग्ला–अग्ला टावर र ठूला–ठूला एयरपोर्टले मात्रै देश समुन्नत हुँदैनः विश्वप्रकाश शर्मा

२०८० असार ४ गते, सोमबार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अग्ला–अग्ला टावर र ठूला–ठूला एयरपोर्टले मात्रै देश समुन्नत नबन्ने बताएका छन् । सोमबार काठमाडौंमा भएको ट्रेड युनियन कांग्रेसको सातौँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

देश समुन्नत छ कि छैन भनेर मापन गर्ने कुरा भनेको देशमा बाँचिरहेको श्रमिकले सास फेर्ने अवस्था छ कि भन्ने कुरालाई हेर्न आवश्यक रहेको उनले बताए । श्रमिकले जीवन यापन सहज रुपमा गर्न नसकेसम्म देश समुन्नत हुन नसक्ने उनले बताए ।

कांग्रेस संस्थापक नेता बिपी कोइरालाले श्रमिकको हकहितका लागि १५ वर्षे खाका बनाए पनि काम गर्ने समय नपाएको र अहिलेका नेताले समय पाए पनि काम गर्ने योजना बनाउन नसकेको उनको भनाइ छ । यो देशलाई बनाउन सक्ने योजना र कार्यक्रम कांग्रेसले बनाइरहेको नेता शर्माले दाबी गरे ।

158 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal