यही अवस्था रह्यो भने कांग्रेस फुट्न सक्छः सिटौला

२०८० असार ४ गते, सोमबार

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाली कांगस पार्टी फुट्न सक्ने संकेत गरेका छन् । सोमबार काठमाडौंमा भएको ट्रेड युनियन कांग्रेसको सातौँ महाधिवेशनलाई सम्बोधन गर्दै नेता सिटौलाले यस्तो बताएका हुन् ।

नेताहरु व्यक्तिगत स्वार्थमा केन्द्रित भएको टिप्पणी गर्दै उनले नेपाली कांग्रेसभित्रको अवस्था अहिलेकै निरन्तरतामा चल्ने हो भने ०५८ सालतिरको अवस्था हुने उनले दाबी गरे । पार्टीगत मतभेद बढ्दै जाँदा ०५८ सालमा नेपाली कांग्रेस विभाजन भएको थियो ।

तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइराला र प्रधानमन्त्री शेरबहादुर देउवाबीचको टकरावका कारण देउवाको नेतृत्वमा नेपाली कांग्रेस प्रजातान्त्रिक गठन भएको थियो । तत्कालीन राजा ज्ञानेन्द्रको सक्रिय शासनकालमा फुटेको कांग्रेस ०६४ सालको संविधानसभा निर्वाचनअघि पुनः एक भएको थियो ।

मुलुकको नेतृत्व गर्ने नेताहरुमा राष्ट्र र पार्टीको स्वार्थभन्दा व्यक्तिगत स्वार्थ हावी भएकाले संविधान कार्यान्वयनमा समस्या देखिएको नेता सिटौलाको भनाइ छ । पछिल्लो समय नेताहरुमा मात्रै नभएर सरकार, संसद, न्यायालय, राज्यका संवैधानिक निकायसमेतमा संविधानले तय गरेको गन्तव्य, मूल्य र मान्यता छाडेर व्यक्तिगत स्वार्थ हावी भएको उनले दाबी गरे ।

राष्ट्रको स्वार्थ र पार्टीको स्वार्थभन्दा व्यक्तिगत स्वार्थ हावी हुँदा मुलुकमा विभिन्न समस्या उत्पन्न भएको बताउँदै नेता सिटौलाले नेपालको वर्तमान राजनीतिक अवस्थाले निरन्तरता पाए नेपालले सोचेको गन्तव्यमा पुग्न नसकिने बताए ।

175 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal