बल्छी ध्रुबे पक्राउ परेलगत्तै राजु मास्टर, भटभटेदेखि म्याकुरीसम्म पक्राउ

२०८० जेष्ठ ३२ गते, बिहीबार

काठमाडौं। वान एक्स बेटमा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे) पक्राउ परे लगत्तै प्रहरीले राजु पौडेल (राजु मास्टर) सहित अन्य कलाकारलाई समेत पक्राउ परेका छन्। पक्राउ पर्ने म्याकुरीको नामले लोकप्रिय पवन खतिवडा, अलिस राई, जलन भनिने जनल घर्तीमगर, गणेश जिडी भनेर चिनिने गणेश देवकोटा, डेढु बुढोको नामले चिनिने सरोज घिमिरे तथा भटभटे माइलाको रुपमा लोकप्रिय बेगम नेपाली रहेका छन् ।

यसअघि प्रहरीले बुधबार पनि पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो । यसअघि प्रहरीले बुधबार पनि पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो । विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज ९जुवा० खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मार्फत एकै व्यक्तिले ६४ करोडको अवैध कारोबार गरेको फेला परेको थियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालका अनुसार कैलाली घर भई चाबहिल बस्ने दिनेश खड्काले विलाश थारु, तेजबहादुर खड्का, नवीन चौधरी, अनिता धितालको कागजात प्रयोग गरेर १२ जनाको नाममा खाता खोलेर सट्टेबाजको मुख्य एजेन्टकोरूपमा सक्रिय भएको पाइएको हो ।

सट्टेबाजको रकम प्रयोग गर्न दिनेशले ६३ वटा खाता खोलेको भेटिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोज केसीले जानकारी दिएका थिए । उनका अनुसार उनीसहित सट्टेबाजीको एजेन्टकारूपमा सक्रिय रहेका अन्य चारजनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ । पक्राउ पर्नेमा निज खड्का, अनिता धिताल, दीपेश श्रेष्ठ, दिनेश चन्द र आशिष लामिछाने छन् । उनीहरूलाइ बुधबार प्रहरीले सार्वजनिक गरेको छ ।

उनीहरुले सट्टेबाजमा ६४ करोड १३ लाख कारोबार गरेको पाइएको छ । आशिषले तीन करोड कारोबार गरेको फेला परेको छ भने दिपेशले पाँच करोड ५४ लाख कारोबार गरेको फेला परेको प्रहरी उपरीक्षक डा केसीले बताए । उनका अनुसार आशिषको साथबाट प्रहरीले ३७ लाख बरामद गरेको छ । उनीहरुको साथबाट ल्यापटप, मोबाइल, सिमलगायत विभिन्न सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

कार्यालयले बरामद सामग्रीसहित उनीहरुलाई आज सार्वजनिक गरेको हो । प्रहरीका अनुसार उनीहरूले दुई लाख रुपैयाँदेखि ४० लाख रुपैयाँसम्म कमाउने गरेका प्रारम्भिक बयान दिएका छन् ।

180 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश

२०८३ भाद्र ८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

लायन सानु सुर्खाली श्रेष्ठको माइत आइन बजारमा (भिडियोसहित)

२०८३ भाद्र ८ गते, सोमबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal