कलाकार बल्छी ध्रुवे पक्राउ
२०८० जेष्ठ ३२ गते, बिहीबार
काठमाडौं । कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’ पक्राउ परेका छन्। उनलाई अवैध सट्टेबाजी खेलाएको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।
उनी सहित अन्य केही व्यक्ति पनि पक्राउ परेको र म्याद थप गरेपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ। बल्छी ध्रुवेलाई सट्टेबाजी खेल्ने खेलाउने गरेको र सट्टेबाजीको विज्ञापन खेलेको आरोप लागेको छ। प्रहरीले बुधबार यससँग सम्बन्धी आरोपमा अन्य ५ जनलाई पक्राउ गरेको छ। पाँच जनाबाट ७४ करोडको कारोबार भएको देखिएको छ।
65 Views