गर्मीले सिराहाको जनजीवन कष्टकर , लाहानमा आजबाट बिद्यालय बन्द

२०८० जेष्ठ १९ गते, शुक्रबार

सिरहा। पछिल्लो केही दिनदेखिको आत्याधिक घामसँगै बढेको गर्मीले सिरहासहित मधेश प्रदेशको जनजिवन कष्टकर बनेको छ।

करिव एकसातादेखि आत्याधिक रुपमा बढेको गर्मीका कारण जिल्लाको सिरहा,लाहान,गोलजार,र मिर्चैया सहित मधेश प्रदेशकै जनजिवन प्रभावित भएको हो।

एक सातादेखि लगातार बढीरहेको गर्मीका कारणले जिल्लाको सिरहा,लाहान,गोलबजार,रमिर्चैया बजारहरुमा किनमेल गर्न आउने सेवाग्राही पनि घटेको व्यापारीहरु सुनाउँछन्।

एकातिर देशमा आर्थिक संकट र अर्को तिर आत्याधिक गर्मीका कारण व्यापारीहरु मार्कामा परेको गोलबजार उद्योग व्यापार संघका अध्यक्ष विजय साहले बताए।

उनले भने, ‘देशले आर्थिक संकट झेलिरहेको अवस्थामा गर्मी बढेसँगै बजारहरुमा किनमेल गर्न आउनेहरुको चहलपहल समेत घटेको उनको भनाइ छ। उनले भने, ‘व्यापारमा मन्दी छाइरहेको बोला गर्मीले पनि बाँकी राखेन,यसले व्यापारमा ठूलो क्षति पुग्ने छ।’

आत्याधिक गर्मीका कारण बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने भन्दै लहान नगरपालिकाले एक साताका लागि विद्यालय बन्द गर्ने भएका छन्।

नगरपालिकाले आज ९बिहीबार० सूचना जारी गर्दै गर्मीको कारणले बालबालिकामा प्रतिकुल असर पर्ने भन्दैे शुक्रबार १९ गतेदेखि २६ जेठसम्म एक साताको लागि सवै विद्यालयहरु बन्द गर्ने निर्णय गरेका हुन्।

नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुभद्रा गौतमद्वारा निकालिएको सूचनामा बर्खे बिदाबाट कट्टा हुने गरी नगर क्षेत्रका बाल विकासदेखि १२ कक्षासम्म पढाइ हुँदै आएका सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयहरु बन्द उल्लेख गरेको छ।

गर्मीका कारण विद्यालयहरुमा बालबालिका बेहोस हुने, ज्वरो आउने,पेट दुख्ने लगायतको लक्षणहरुको क्रम बढेपछि केही दिनका लागि नगरपालिकाले विद्यालय बन्द गर्न लागेको हो।

पछिल्लो केही दिनदेखि बढ्दै गएको गर्मीको कारणले जनजीवन कष्टकर बन्दै गएको छ। बिहान सबेरैदेखि ३० डिग्री भन्दा बढीबाट सुरु हुने गर्मी मध्याह्नसम्म ४६ डिग्री सेल्सियस तापक्रम भन्दा माथि हुँदा दैनिक जनजीवन समेत प्रभावित हुने गरेको छ।

171 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

३८४ जना पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ

२०८३ भाद्र १० गते, बुधबार

यस्ता छन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको १० निर्णय

२०८३ भाद्र १० गते, बुधबार

मनकामना केबलकार बन्द

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान

२०८३ भाद्र १० गते, बुधबार

भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal