दुई तहको सरकार निर्माणमा राप्रपाको जोड

२०८० जेष्ठ ११ गते, बिहीबार

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले प्रदेश तह खारेज गर्न माग गरेको छ। पार्टीको केन्द्रीय कार्यसमिति र जिल्ला अध्यक्षहरुको संयुक्त विस्तारित बैठकले उक्त निर्णय गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। प्रदेश भ्रष्टाचारको अखडा भएको उल्लेख गर्दै राप्रपा नेपालले दुई तहको सरकार निर्माणमा जोड दिएको छ।
’संघीय संरचना अन्तर्गतको प्रदेश तह आर्थिकरुपमा बोझिलो तथा अनेकौ राजनीतिक विकृति र विसंगतिको कार्यथलो सावित भएको तथा राजनीतिक अस्थिरता र भ्रष्टाचारको अखडा भएको हुँदा राज्य संरचनाको वर्तमान स्वरुपलाई परिवर्तन गरी केन्द्रमा बलियो सरकार र स्थानीयतहमा अहिलेको भन्दा पनि बढि अधिकार सम्पन्न सुदृढ स्थानीय स्वायत्त सरकार गरी दुई तहको संरचना वा सरकार कायम गरिनुपर्छ भन्ने राप्रपा नेपालको धारणा रहेको छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ’प्रदेश तहको सभा र सरकार सम्बन्धि वर्तमान व्यवस्था खारेज गर्न राप्रपा नेपाल माग गर्दछ।’ यो निर्णयसँगै राप्रपा नेपालले आफ्नो पार्टीको प्रदेश तहका सबै ईकाईहरु विघटन गरेको छ। ’प्रदेश तहको संरचना खारेज हुनपर्छ भन्ने
पार्टीको दृढ मान्यता भएको कारण राप्रपा नेपालको पार्टी अन्तर्गतका प्रदेशतहको सबै ईकाईहरु विघटन गर्ने बैठक निर्णय गर्दछ,’ राप्रपा नेपालले भनेको छ। मंगलबारबाट काठमाडौंमा शुरु भएको बैठक ८ बुँदे निर्णय जारी गर्दै सम्पन्न भएको छ। बैठकमा अध्यक्ष थापाले ’वर्तमान राजनीतिक अवस्था एवं राप्रपा नेपालको भावि वैचारिक, सांगठनिक एवं रणनीतिक कार्यदिश’ सम्बन्धि कार्यपत्र, महामन्त्री भास्कर भद्राद्वारा प्रस्तुत सचिवालयको प्रतिवेदन, महामन्त्री सुशील श्रेष्ठद्वारा प्रस्तुत प्रशिक्षण विभागको प्रतिवेदन, महामन्त्री राजाराम बर्तौलाद्वारा प्रस्तुत संगठन विभागको प्रतिवेदन, महामन्त्री केशवराज श्रेष्ठद्वारा प्रस्तुत युवा केन्द्रीत स्मार्ट पार्टी सम्वन्धी अवधारणा तथा कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको पार्टीका प्रवक्ता बसन्त मानसिंह अधिकारीले जनाएका छन्।

161 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिएको भन्दै प्रहरी र हेलो सरकारमा उजुरी

२०८३ भाद्र १० गते, बुधबार

विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिएको भन्दै प्रहरी र हेलो सरकारमा उजुरी

२०८३ भाद्र १० गते, बुधबार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

२०८३ भाद्र १० गते, बुधबार

आज प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

२०८३ भाद्र १० गते, बुधबार

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश

२०८३ भाद्र ८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

लायन सानु सुर्खाली श्रेष्ठको माइत आइन बजारमा (भिडियोसहित)

२०८३ भाद्र ८ गते, सोमबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal