तेस्रो हिमालय अन्तर्राष्ट्रिय अवार्ड सम्पन्न

२०८० बैशाख १० गते, आईतवार

काठमाडौं । विमेन्स एरा एण्ड मिडिया ग्रुप प्रा.लि. नेपालको आयोजनामा हिमालय अन्तर्राष्ट्रिय अवार्डको तेस्रो संस्करण सम्पन्न भएको छ । राजधानीको जमलस्थिति होटल एलो प्यागोडामा परराष्ट्रमन्त्री एनपी साउदको प्रमुख आतिथ्यतामा एक भव्य र विशेष समारोहबीच शनिबार अवार्ड सम्पन्न भएको हो । अवार्ड समारोहमा वरिष्ठ गायिका तथा संकलक चन्द्रकला शाहलाई नगद राशीसहित दीर्घ साधाना सम्मान अर्पण गरिएको थियो । समारोहमा रङ्ग पत्रकारिता सम्मानबाट सञ्चारकर्मी पत्रकार हेम सुवेदी, सानुकाजी श्रेष्ठ, राजेन्द्र लुईंटेल, सूर्य चन्द, सुमन सापकोटा, शिबराम भण्डारी र फोटो पत्रकार महम्मद जलिमलाई दोसल्ला, माला र सम्मान पत्रद्वारा प्रमुख अतिथि मन्त्री साउदले सम्मान गर्नुभएको थियो ।

यस्तै, हिमालयन सामाजिक व्यक्तित्व सम्मान–२०७९बाट वसुन्धरा लामा, सावित्री लामा, सुरेन्द्रप्रसाद सञ्जेल, हिक्मत कार्कीलाई दोसल्ला, माला र सम्मान पत्रद्वारा प्रमुख अतिथि मन्त्री साउदले सम्मान गर्नुभएको थियो । त्यस्तै, हिमालयन बाल सामाजिक अभियन्ता सम्मानबाट प्रिन्सप्रसिद्ध सिंह थापालाई सम्मान गरिएको थियो भने हिमालयन साहित्य साधना सम्मानबाट हरि सिंह थापा, सविता श्रेष्ठ ‘वेहोसी’, शितल कादम्विनी र हेमन्त निरौलालाई सम्मान गरिएको थियो । यसैगरी हिमालयन चलचित्र सम्मानबाट रवी कार्की, सरोज शर्मा, वविता श्रेष्ठ र लिलाधर भट्टराईलाई सम्मान गरिएको थियो । त्यस्तै मोडल सनम कठायतलाई हिमालयन दशक अभिनय सम्मान अर्पण गरिएको थियो ।

यस्तै, हिमालयन गीत सङ्गीत साधना सम्मानबाट कृष्ण गैरे, ज्ञानेन्द्र शाही, तारावीर पाण्डे र अजयकुमार विष्टलाई सम्मान गरिएको थियो । त्यस्तै हिमालयन कला साधना एवम् समाजसेवी सम्मानबाट ज्ञानेन्द्रबहादुर खडका, कृष्ण केसी, राजेन्द्र खत्री र अर्जुन गिरीलाई सम्मान गरिएको थियो । त्यसैगरी हिमालयन कला साधना सम्मानबाट अच्युत बजगाईं र लोकेश भाटलाई सम्मान गरिएको थियो । यस्तै, कार्यक्रममा सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्ने शिव कैलाश कला मन्दिरका भरत पुटुवार, रस्विता रिजाल, चेतकुमारी कार्की र रोशन बुढाथोकीलाई कदर पत्र प्रदान गरिएको थियो । यस्तै सुमित रजक र छिरिङ भोटेलाई मायाको चिनो प्रदान गरिएको थियो ।
अवार्डका जुरी वरिष्ठ सङ्गीतकार राजु सिंह, गायक शिशिर योगी र अफिसियल एमसी दिनेश डिसीलाई मायाको चिनो प्रदान गरिएको थियो । यस्तै, जुरी सदस्य माधवराज खरेल, कुलेन्द्र विश्वकर्मा, स्मृति शाही, हेमराज डागी, निरुता खत्री, निमा लामा पाख्रिन, र एलिजिवा पुर्जा पुनलाई सम्मान पत्र प्रदान गरिएको थियो । सो अवसरमा प्रमुख अतिथि मन्त्री साउदलाई पनि आयोजकको तर्फबाट विशेष मायाको चिनो प्रदान गरिएको थियो ।

अवार्ड समारोहमा विभिन्न स्रष्टा सर्जकलाई अवार्ड प्रदान तथा आ–आफ्नो क्षेत्रमा विशिष्ट योगदान पु¥याएका व्यक्तिलाई सम्मान गर्नु आफैँमा एकदम राम्रो कार्य भएको प्रमुख अतिथि मन्त्री साउदले बताउनुभयो । उहाँले देशको कला संस्कृतिको संरक्षण र सम्बद्र्धनमा लाग्नुभएका स्रष्टालाई उहाँहरूको कामको मूल्यांकन गर्दै राज्यले गर्नुपर्ने काम एक संस्थाले गरेको र त्यसमा आफू सहभागी भएकोमा गौरवको महसुस भएको जिकिर गर्नुभयो ।

स्रष्टा सर्जकलाई सम्मान गर्ने उद्देश्यले सुरु गरेको अवार्ड यस वर्ष पनि निरन्तरता दिएको अवार्डका अध्यक्ष गणेश सुवेदीले बताउनुभयो । भाषा, साहित्य कला संस्कृतिका सर्जकलाई सम्मान गर्ने उद्देश्यले अवार्डलाई निरन्तरता दिइएको अवार्ड संयोजक गीता अधिकारीले जानकारी गराउनुभयो ।

‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’भन्ने मूल नाराका साथ आयोजना गरिएको अवार्ड समारोहमा राष्ट्रिय भावका गीतसँगै आधुनिक, पप, लोकदोहोरी र भजनका साथै भाषाभाषीका विद्यामा पनि अवार्ड प्रदान गरिएको थियो । उत्कृष्ट पाँच बाट सर्वोत्कृष्ट छनोट भएका स्रष्टा सर्जकलाई विभिन्न क्षेत्रका वरिष्ठ व्यक्तित्वहरूले अवार्ड प्रदान गर्नुभएको थियो ।
संगीत नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा सम्पन्न भएको अवार्ड समारोहलाई बरिष्ठ सञ्चारकर्मी दिनेश डिसीले सहजीकरण गर्नुभएको थियो भने विमेन्स एराकी महासचिव पुनम प्रधानले धन्यवाद ज्ञापन गर्नुभएको थियो । समारोहमा वरिष्ठ कलाकार नेपालको प्रथम नायिका भुवन चन्द, हास्य साम्राज्ञी बसुन्धरा भुसाल, नेपालमा बनेको पहिलो रङ्गीन चलचित्र कुमारीकी नायिका चैत्यदेवी सिंह, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र निर्देशक समाजका अध्यक्ष नवल खड्का, नेपाल सांस्कृति संघका अध्यक्ष तीर्थ थापा, बिशिष्ठ कलाकार लय संग्रौला, उत्तम केसी, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, साहित्यकार अमर वान्तु, जनक रावल, राधा भण्डारी, शैलेन्द्र चापागाईं गायिका देवीका वन्दना, सारिका घिमिरे, कलाकार प्रज्ञा जोशी, शुष्मा कार्की, कविता गेलाल, निक शर्मा, वरिष्ठ चलचित्र पत्रकार विजयरत्न तुलाधर, चलचित्र पत्रकार संघका अध्यक्ष समिर वलामी उपाध्याक्ष कुवेर गिरी, महासचिव रघुनाथ सापकोटालगायतका धेरै व्यक्तित्वको उपस्थिति रहेको थियो ।

समारोहमा भजन बाट रचनाकार हरि उप्रेति ‘कहाँ छन् प्रभु’, गायकमा सागर अधिकारी ‘शरद’ ‘अहंकार टुटोस’ र सङ्गीतकारमा बविना भट्टराई ‘हरेकृष्ण हरेराम’ बाट अवार्ड उचाल्न सफल हुनुभएको थियो । यस्तै, राष्ट्रिय गीतमा सङ्गीतकार रोशन वान्तवा ‘गौतम बुद्ध’, गीतकार अरुणकुमार गिरी ‘हाँसेको हिमाल’ र रचनाकार टिका शेर्पा ‘गौतमबुद्ध’ बाट अवार्ड प्राप्त गर्नुभएको थियो । यसैगरी गायक आधुनिक पुरुषमा हरि कर्माचार्य ‘पिरतीको बाटोमा’बाट अवार्ड चुम्नु भएको थियो भने सुरेश लामाले ‘माया नै माया’बाट जुरी अवार्ड प्राप्त गर्नुभएको थियो । त्यस्तै, गायक आधुनिक महिलामा रिता केसीले ‘बसौं न तिमी र म’बाट अवार्ड जित्न सफल हुनुभएको थियो ।

यस्तै, सङ्गीतकार आधुनिकमा राम सिटौला ‘घुम्न जाउन’, सङ्गीत संयोजक आधुनिकमा मनोहर सुनाम ‘माया नै माया’बाट अवार्ड प्राप्त गर्नुभएको थियो भने पुस्कर खत्रीले ‘सितल सितल’बाट इन्करेजमेन्ट अवार्ड पाउन सफल हुनुभएको थियो । त्यस्तै, गीतकार आधुनिकमा किरण केसी ‘क्रोधी’ले ‘माया नै माया’बाट अवार्ड उचाल्नु भएको थियो भने राम लामा ‘अभिनाषी’ले ‘आफ्नो भन्न नसकेको’बाट जुरी अवार्ड प्राप्त गर्नुभएको थियो ।

यसैगरी, युगल गायन आधुनिकमा प्राञ्जल पोख्रेल र वेनिशा पौडेलले ‘समय’बाट, मोडल पुरुष आधुनिक÷पपमा दीपक घिमिरे ‘विस्तारै विस्तारै’ बाट, मोडल आधुनिक÷पप अस्मिता सुनार ‘जुरेली’ ‘सिहदरवार (रेलको बाटो–२)’बाट अवार्ड प्राप्त गर्नुभयो । यस्तै, भिडियो सम्पादक (आधुनिक)बाट दिनशन शाह ‘शितल शितल’,बाट अवार्ड चुम्नुभयो भने प्रेम शर्मा पौडेलले ‘कसले सक्छ र खुशी दिन’बाट पब्लिक च्वाइस अवार्ड प्राप्त गर्नुभयो । त्यस्तै, भिडियो छायाँकारबाट (आधुनिक) रन्धीर श्रेष्ठ ‘बाबा’बाट अवार्ड उचाल्नु भयो भने मुकेश हुँमागाईंले ‘तिमी मेरो खास हौ’बाट जुरी अवार्ड चुम्नुभयो । यस्तै भिडियो निर्देशक (आधुनिक)मा लक्ष्मण सुनार ‘सिंहदरवार (रेलको बाटो–२)’बाट अवार्ड चुम्नुभयो भने प्रकाश धितालले ‘परिचय’बाट जुरी अवार्ड प्राप्त गर्नुभयो ।
यस्तै भिडियो कोरियोग्राफी (आधुनिक)मा कृष्ण रसाल ‘तोरी पहयाँलै’, पप गायनमा ओम सुनारले ‘यो मन’बाट अवार्ड चुम्नुभयो भने रमेश पाठकले ‘तिम्रै झल्को’बाट जुरी अवार्ड चुम्नुभयो । त्यस्तै, नवगीतकारबाट प्रिती कार्की ‘फूलको चोट’ र नव मोडल पुरुष (पप÷आधुनिक) जिम्वे राई ‘ए जिन्दगी’बाट अवार्ड प्राप्त गर्नुभयो । यस्तै, नव मोडल महिलामा (पप÷आधुनिक)बाट निशा कार्की ‘मार्दे मलाई मार्दे’बाट अवार्ड चुम्नुभयो भने कुमारी बराइलीले ‘दिलको डायरी’बाट जुरी अवार्ड प्राप्त गर्न सफल हुनुभयो ।

यसैगरी, लोकदोहोरी गायकमा खगेन्द्र विश्वकर्मा ‘रुमाल वोहनी’, लोकदोहोरी गायिका शर्मिला श्रेष्ठ ‘खरको धुरी’, लोकदोहोरी लय जय देवकोटा ‘सरर हावा पिपलुको’, लोकदोहोरी शब्द मिठाराम केसी ‘नरोउ न्याउली’, लोकदोहोरी एरेञ्जर (सङ्गीत संयोजन) राजेन्द्र बजगाईं ‘ए माया जुनकिरी’, लोकदोहोरी नव गायिका नविना घिसिङ ‘रुन चाहन्छु’, लोकदोहोरी नव मोडल काव्या खड्का ‘विल्ला हान्या होइन’, लोकदोहोरी निर्देशक देवेन्द्र कुवर ‘मायाले चलेन संसार’, लोकदोहोरी छायाँकार महेश महरा ‘दुल्लु दरवार’, लोकदोहोरी सम्पादन मिन रावल ‘मायाले चलेन संसार’, लोकदोहोरी मोडेल (महिला) सन्ध्या सानु ‘नाइ भन्छ माया’ र लोकदोहोरी मोडल (पुरुष)बाट सुधिर श्रेष्ठ ‘नौलो चिनजानी’ बाट अवार्ड चुम्न सफल हुनुभयो ।

त्यस्तै नव गायनमा योगेश पानबाट ‘कुरै त होनी’बाट अवार्ड चुम्नुभयो भने मीना नेपालीले ‘हर श्वासमा’बाट पब्लिक च्वाइस अवार्ड प्राप्त गर्नुभयो । यसैगरी, भाषा भाषीमा सूर्य दनुवार राई गायक, ‘होलीमे फसगइ चोली’, मञ्जु लावती गायिकाले लिम्बु भाषाको गीत ‘अम्लारी’ र गीतकार अजय÷विजय शाहले ‘गोरी मोटी’बाट अवार्ड उचाल्न सफल हुनुभयो ।
यसैगरी गीतकार यसु थापाले ‘पैसाले घुमाउछ फनफनी’ जुरी अवार्ड, हरिशरण सुवेदी पपुलर विजनेश मिडिया अवार्ड, गायक क्षत्रबहादुर शाहीले बेष्ट लाइभ लोकदोहोरी अवार्ड र एरेञ्जर रामकृष्ण थापाले लोकदोहोरी ‘सुपारी कुटुक्कै’ बाट जुरी अवार्ड प्राप्त गर्नुभयो ।

200 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

सुनसरीको मुख्य राजमार्गमा अनिश्चितकालीन कर्फ्यू

२०८३ श्रावण १२ गते, मंगलवार

सुनसरीको मुख्य राजमार्गमा अनिश्चितकालीन कर्फ्यू

२०८३ श्रावण १२ गते, मंगलवार

१० करोडको नजिक ‘गौंथली’

२०८३ श्रावण १२ गते, मंगलवार

सौरभ चौधरीले घोषणा गरे चलचित्र ‘द राइज अफ साम्राज्य’

२०८३ श्रावण १२ गते, मंगलवार

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

२०८३ श्रावण १२ गते, मंगलवार

कानुन व्यवसायीबीच सद्भाव र सहकार्यको सन्देश दिँदै ‘लयर्स फुटसल कप–२०८३’ सम्पन्न

२०८३ श्रावण १२ गते, मंगलवार

एमबीएसको प्रश्नपत्र आउट प्रकरणः थप २ जना पक्राउ

२०८३ श्रावण १२ गते, मंगलवार

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

२०८३ श्रावण १२ गते, मंगलवार

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त

२०८३ श्रावण १२ गते, मंगलवार

शैक्षिक परामर्श सेवा नियमनावली २०८३ स्वागतयोग्य, तर नियन्त्रणमुखी व्यवस्था स्वीकार्य नहुने व्यवसायीहरुको माग

२०८३ श्रावण ११ गते, सोमबार

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै

२०८३ श्रावण ११ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal