काठमाण्डौ ग्लोबल ग्रुप एण्ड कम्पनीको तेस्रोपटक G-Event-2080 सफलतापुर्बक सम्पन्न

२०८० बैशाख ९ गते, शनिबार

काठमाडौं । टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीको प्रमुख अतिथ्यतामा ग्लोबल ग्रुप एण्ड कम्पनीले यही बैशाख ८ गते शुक्रबारको दिन चक्रपथस्थित एरिकल ईभेन्टको सभाहलमा तेस्रोपटक G-Event-2080 को सफलतापुर्बक आयोजना गर्यो।

’शृजनसिलताको कदर–क्षमताको प्रवर्द्धन (कर्मसीलतालाई काम –ईमान्दारितालाई ईनाम,व्यवसायीकरण र सम्मान’भन्ने मुल नाराको साथ आयोजना भएको इभेन्ट कार्यक्रममा सामाजिक सुरक्षा कोषका उपनिर्देशक रोहित रेग्मी, वरिष्ठ प्रहरी उपरीक्षक अंगुर जीशी,त्रिभुवन विश्वविद्यालयका प्रोफेसर डा.श्री राजु मानन्धर,वरिष्ठ लोकगायक कुलेन्द्र विश्वकर्मा,उत्पादन विज्ञ मोहन अर्याल, पुरुषोत्तम कोइरालासाथै विजनेस कोच मोटिभेसनल स्पिकर विकास योन्जन तामाङ, कम्पनी सचिव सुरेन्द्र तिवारी लगायतका विभिन्न क्षेत्रका ख्यातिप्राप्त व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्नु हुदै कार्यक्रमका प्रमुख अतिथि मेयर अधिकारीले कम्पनीले टोखा नगरपालिकाको प्रतिष्ठा बढाउने काम गरेको तसर्थ टोखा नगरपालिकाका आम जनतालाई ग्लोबल ब्रान्डका उत्पादनहरु प्रयोग गरि कम्पनीलाई आफ्नो व्यवसाय विस्तारमा सहयोग गर्नको लागि आह्वान गर्नुभयो ।युवाहरुलाई स्वोरोजगार एवं आत्मनिर्भरको निमित्त कम्पनीले खेलेको भुमिका अतुलनीय रहेको भनाइ व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्नु हुदै कार्यक्रमका विशिष्ठ अतिथि प्रो.डा.राजु मानन्धरले महिला सशक्तीकरणको क्षेत्रमा कम्पनीले अतुलनीय योगदान दिइएको कुरा व्यक्त गर्नुभयो। सामाजिक सुरक्षा कोषमा आवद्ध गराएर कम्पनीले राम्रो काम गरेको कुरा कार्यक्रम का विशिष्ट अतिथि कोषका उपनिर्देशक रोहित रेग्मीले उल्लेख गर्नुभयो ।ग्लोबल ग्रुपले स्थापनाको छोटो अवधिमा उल्लेखनिय प्रगति गर्न सफल भएको र आफुलाई एउटा विशिष्ट संस्थाको रुपमा परिचय स्थापित गराउन सफल रहेको भनाइ व्यक्त गर्नुभयो ।

कार्यक्रममा नयाँ बर्षको आदनप्रदान साथै भविष्यमा यदि कम्पनीले सेयर हाल्ने अवसर प्रदान गरेमा सेयर लगानी गर्न ईच्छुक रहेको कुरा विशेष अतिथि वरिष्ठ लोक गायक कुलेन्द्र विश्वकर्माले व्यक्त गर्नुभयो । कम्पनीले प्रशिक्षार्थी बाट ५ जनालाई शाखा सहायक जनशक्ति को अवसर प्रदान गरेको छ।

231 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal