१३ एसएसपी डिआइजीमा बढुवा

२०८० बैशाख ७ गते, बिहीबार

काठमाडौं। नेपाल प्रहरीका रिक्त रहेको १३ डिआइजीमा वरिष्ठ उपरीक्षक (एसएसपी) लाई बढुवा गरिएको छ।

एसएसपी विकासराज खनालले बिहीबारबाट अवकाश पाउने अवस्था आएपछि सरकारले सबै प्रकृया पुर्‍याएर बुधबार नै बढुवा समितिको बैठक राखेर बढुवा गरेको हो। बुधबार साँझ गृहमन्त्री नारायणकाजी श्रेष्ठले बढुवा समितिको सिफारिस अनुसार डीआईजी बढुवाको निर्णय गरेका थिए।

मंगलबार बढुवा सिफारिसविरुद्ध २ एसएसपीले उजुरी गरेका थिए। त्यो उजुरीमा एकैदिन छानवीन सिध्याएर बुधबार नै बढुवाको निर्णय भएको थियो। बुधबार बढुवाको निर्णय नभएको अवस्थामा एसएसपी खनाल ५५ वर्षे उमेरहदका कारण अनिवार्य अवकासमा जाने थिए।

बढुवा सिफारिसविरुद्ध मंगलबार एसएसपीहरु चक्रबहादुर सिंह र अनुराग द्विवेदीले लोक सेवा आयोगमा उजुरी दिएका थिए। डीआईजी बढुवा हुनेहरुमा कुवेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्र कुबेर खापुङ र जनक भट्टराई,लालमणि आचार्य, सुरेन्द्र प्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञविनोद पोखरेल र विकासराज खनाल रहेका छन्।

२०७७ वैशाखमा एसएसपी भएका १० जना डीआईजी बन्दा पछिल्लो ब्याचबाट ३ जना सिफारिस भएका थिए। उनीहरुको बढुवा भएको छ।

186 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal