नेपालमा मातृमुत्यु दर घट्यो

२०७९ चैत्र १० गते, शुक्रबार

काठमाडौं । नेपालमा मातृ मृत्युमा सुधार आएको देखिएको छ। शुक्रबार पूर्णरूपमा सार्वजनिक भएको १२औं राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनले नेपालमा मातृमृत्युमा सुधार आएको देखाएको छ।

जनगणना २०७८ को प्रतिवेदनले हाल नेपालमा प्रति एक लाख जीवित जन्ममा १५१ जना आमाको मृत्यु हुने देखाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र केन्द्रीय तथ्यांक विभागले संयुक्त रूपमा गरेको अध्ययनले पाँच वर्षअघि नेपालमा मातृ मृत्यु २३९ जना रहेको थियो।

जनगणनासँगै योपटक सार्वजनिक भएको जनगणना प्रतिवेदनले मातृ मृत्युका हाल एक लाख जीवित जन्ममा १५१ जनाको मृत्यु देखाएको हो।

जनगणनाका गर्दाको समयमा गणकहरूले कुनै घरपरिवारमा एक वर्षभित्र कुनै महिलाको प्रसूतिको समयमा मृत्यु भएको छ वा छैन भनी अध्ययन गरेका थिए।

यदि कुनै घरमा महिलाको मृत्यु भएको छ भन्ने यकिन भएमा गणकहरूले स्थानीय स्वास्थ्यकर्मीलाई जानकारी गराउनेछन्। त्यसपछि स्वास्थ्यकर्मीले मातृ मृत्यु भएको घरमा पुगेर ‘सम्भाव्य कारण’को प्रश्नावली भरेका थिए।​

प्रजनन उमेर समूहका ९१५–४९ वर्ष० का १२ हजार ९७६ महिला मृत्युमध्ये ६५३ जना ९पाँच प्रतिशत० को मृत्यु गर्भावस्थासँग सम्बन्धित रहेको समेत देखाएको छ।

मृत्युमध्ये ६२२ जना (९५ प्रतिशत) को मृत्यु मातृमृत्युसँग सम्बन्धित छ। यसै अवधिमा उक्त उमेर समूहबाट कुल ४ लाख १२ हजार ९३५ जना जीवित बच्चाको जन्म भएको देखिएको छ, जसअनुसार मातृमृत्युदर १५१ जना (प्रति लाख जीवित जन्ममा) रहेको नतिजाले देखाएको हो।

गर्भावस्थादेखि सुत्केरी भएको ४२ दिनसम्मको अवधिमा हुने मृत्युलाई मातृ मृत्युदर भनिन्छ।

228 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal