नेपालमा मातृमुत्यु दर घट्यो

२०७९ चैत्र १० गते, शुक्रबार

काठमाडौं । नेपालमा मातृ मृत्युमा सुधार आएको देखिएको छ। शुक्रबार पूर्णरूपमा सार्वजनिक भएको १२औं राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनले नेपालमा मातृमृत्युमा सुधार आएको देखाएको छ।

जनगणना २०७८ को प्रतिवेदनले हाल नेपालमा प्रति एक लाख जीवित जन्ममा १५१ जना आमाको मृत्यु हुने देखाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र केन्द्रीय तथ्यांक विभागले संयुक्त रूपमा गरेको अध्ययनले पाँच वर्षअघि नेपालमा मातृ मृत्यु २३९ जना रहेको थियो।

जनगणनासँगै योपटक सार्वजनिक भएको जनगणना प्रतिवेदनले मातृ मृत्युका हाल एक लाख जीवित जन्ममा १५१ जनाको मृत्यु देखाएको हो।

जनगणनाका गर्दाको समयमा गणकहरूले कुनै घरपरिवारमा एक वर्षभित्र कुनै महिलाको प्रसूतिको समयमा मृत्यु भएको छ वा छैन भनी अध्ययन गरेका थिए।

यदि कुनै घरमा महिलाको मृत्यु भएको छ भन्ने यकिन भएमा गणकहरूले स्थानीय स्वास्थ्यकर्मीलाई जानकारी गराउनेछन्। त्यसपछि स्वास्थ्यकर्मीले मातृ मृत्यु भएको घरमा पुगेर ‘सम्भाव्य कारण’को प्रश्नावली भरेका थिए।​

प्रजनन उमेर समूहका ९१५–४९ वर्ष० का १२ हजार ९७६ महिला मृत्युमध्ये ६५३ जना ९पाँच प्रतिशत० को मृत्यु गर्भावस्थासँग सम्बन्धित रहेको समेत देखाएको छ।

मृत्युमध्ये ६२२ जना (९५ प्रतिशत) को मृत्यु मातृमृत्युसँग सम्बन्धित छ। यसै अवधिमा उक्त उमेर समूहबाट कुल ४ लाख १२ हजार ९३५ जना जीवित बच्चाको जन्म भएको देखिएको छ, जसअनुसार मातृमृत्युदर १५१ जना (प्रति लाख जीवित जन्ममा) रहेको नतिजाले देखाएको हो।

गर्भावस्थादेखि सुत्केरी भएको ४२ दिनसम्मको अवधिमा हुने मृत्युलाई मातृ मृत्युदर भनिन्छ।

186 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

२०८३ जेष्ठ २८ गते, बिहीबार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

२०८३ जेष्ठ २८ गते, बिहीबार

‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार

२०८३ जेष्ठ २८ गते, बिहीबार

संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण

२०८३ जेष्ठ २८ गते, बिहीबार

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ

२०८३ जेष्ठ २६ गते, मंगलवार

बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित

२०८३ जेष्ठ २६ गते, मंगलवार

महावीर पुन मन्त्री बन्दै

२०८३ जेष्ठ २६ गते, मंगलवार

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal