नेपाल पत्रकार महासंघ काठमाडौ शाखाद्वारा “आदर्श पत्रकारिता पुरस्कार” घोषणा

२०७९ चैत्र ५ गते, आईतवार

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको यही मिति २०७९ चैत ३ र ४ गते शंखरापुर नगरपालिका २, जहरसिंहपौवास्थित लाङटाङ इको रिसोर्टमा बसेको बैठकले
१ लाख १ हजार १ सय ११ रुपैयाँ राशिको “आदर्श पत्रकारिता पुरस्कार” घोषणा गरेको छ । काठमाडौं शाखाको सदस्य रहि निरन्तर पत्रकारिता क्षेत्रको आदर्श र गौरवलाई उच्च राख्ने आदर्श पत्रकारलाई यो पुरस्कार दिइने जिल्ला कार्यसमिति सदस्य रमेश कुमार बोहोराले जानकारी दिए ।

चैत्र २५ गते हुने साधारणसभाको अवसरमा उक्त पुरस्कार वितरण गरिने समेत बोहोराले बताए । बैठकले साधारणसभा सम्पन्न गर्न अध्यक्ष सूर्य सुवेदीको संयोजकत्वमा ५१ सदस्यीय समिति बनाउने निर्णय गर्नुको छ । भने कार्यसमिति सदस्य रमेश कुमार बोहोराको संयोजकत्वमा भित्ते पात्रो (क्यालेन्डर) प्रकाशन गर्ने निर्णय गरेको छ । बैठकले समसामयिक बिषयमा ९ बुदेँ शङ्करापुर घोषणापत्र समेत जारी गरेको छ ।


यस्तो छ घोषणा पत्र 
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको शंखरापुर नगरपालिका २, जहरसिंहपौवास्थित लाङटाङ इको रिसोर्टमा २०७९ चैत ३ र ४ गते बसेको बैठकले निम्न घोषणापत्र जारी गरेको छ ।
१. श्रमजिवी पत्रकारहरुको हाल कायम रहेको न्यूनतम पारिश्रमिक अत्यन्तै न्यून रहेको वर्तमान अवस्थामा संचारकर्मीहरुलाई दैनिक जीवन निर्वाह गर्नसमेत असहज अवस्था बन्दै गएको हुँदा न्यूनतम पारिश्रमिकलाई दोब्बर बनाउन सरकारसँग नेपाल पत्रकार महासंघ काठमाडौं शाखा माग गर्दछ ।
२. साना तथा स्वरोजगारमूखी संचार माध्यमको अवस्था कमजोर हुँदै गएको अवस्थामा हाल प्रदान गरिंदै आएको लोक कल्याणकारी विज्ञापन वापतको रकमलाई दोब्बर बनाउन सरकारसमक्ष शाखा यस घोषणापत्रमार्फत विशेष माग गर्दछ ।
यस्तै नेपाल सरकारबाट साना लगानी तथा स्वरोजगारमूलक संचार माध्यमलाई प्रदान गरिंदै आएको सहुलियतपूणर् ऋणलाई रु. १० लाखबाट बढाइ रु. २५ लाख पुर्याउन शाखा यस घोषणापत्रमार्फत जोडदार माग गर्दछ ।

३. अनलाईन संचार माध्यमलाईसमेत लोककल्याणकारी विज्ञापन विगत दुई आर्थिक वर्षदेखि नै प्रदान गर्ने गरी रकम नै छुट्टाइसकेको तर कार्यविधिको अभावमा हालसम्म पनि कार्यान्वयनको बाटोमा अघि बढ्न नसकेको अवस्थामा तत्काल कार्यविधि बनाएर कार्यान्वयन गर्न सरकारसँग माग गर्दछौं ।

४. नेपाल पत्रकार महासंघले श्रम समस्या देखिएका सञ्चारगृहहरुमा श्रमजीवी पत्रकारको अधिकार स्थापनाका लागि दबाब दिन थप शशक्त कार्यक्रम घोषणा गर्न शाखा यस घोषणापत्रमार्फत केन्द्रीय समितिसँग माग गर्दछ ।

साथै, श्रमजीवी पत्रकार ऐन तथा नियमावली कार्यान्वयन नगर्ने तथा विभिन्न बहानामा नियमित पारश्रमिक उपलब्ध नगराउने, दबाबपूर्ण बिदामा राख्ने, अनुचित सरुवा गर्ने तथा निष्काशन गर्ने संंचार गृहलाई सहुलियतपूण ऋण तथा अनुदान उपलब्ध नगराउन महासंघ सरकारसमक्ष जोडदार माग राख्दछ ।

५. सरकारले विगतको वजेटमार्फत नै पत्रकारहरुका लागि निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने घोषणा गरेको तर कार्यान्वयनको अवस्था नदेखिएकोमा सोको कार्यान्वयनका लागि यस शाखा सरकारसँग माग गर्दछ । साथै, सरकारले पत्रकारहरुका लागि लागु गरेको दुर्घटना बीमाको प्रकृयालाई सरलीकरण गर्न र यसलाई स्वास्थ्य बीमामा रुपान्तरण गर्न गराउन शाखा माग गर्दछ ।

६. सूचना तथा प्रसारण विभागले प्रदान गर्न सुरुवात गरेको ज्येष्ठ पत्रकार वृत्ति सम्पूणर् ज्येष्ठ पत्रकारहरुलाई उपब्ध गराउने गरी तथ्यांक संकलन गर्ने कार्यका लागि नेपाल पत्रकार महासंघका शाखाहरुलाई जिम्मेवारी दिन र सोही अनुसार शाखाले सिफारिस गरेका ज्येष्ठ पत्रकारलाई सुविधा उपलव्ध गराउन शाखा माग गर्दछ । यस्तै ज्येष्ठ पत्रकारका लागि उमेरहद् ६० वर्ष कायम गर्न पनि शाखा सम्वन्धित पक्षसँग माग गर्दछ ।

७. पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि विशेष तालिम उपलब्ध गराउन तथा संचार गृहहरुलाई महिला मैत्री बनाउन शाखा सरकारसँग माग गर्दछ ।

८. विज्ञापन बोर्डले लोककल्याणकारी विज्ञापन प्रकाशित गरे बापतको रकम विभिन्न बाहनामा रोक्दै आएको गुनासो आइरहने गरेको हुँदा विभिन्न बाहनामा रोकिएको रकम तत्काल भुक्तान गर्न तथा पत्रपत्रिकालाई उपलब्ध गराउने सेवा सुविधाको प्रक्रियामासमेत सहजता प्रदान गर्न र विज्ञापन वोर्डको हरेक नीतिगत छलफलमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको प्रतिनिधि अनिवार्य उपस्थिति रहने व्यवस्था गर्न शाखा जोडदार माग गर्दछ । साथै समानुपातिक विज्ञापन प्रणाली तत्काल कायम गर्नसमेत माग गर्दछौं ।

९. बैठकस्थल शंखरापुर नगरपालिका काठमाडौको मुख्य पर्यटकीय गन्तव्यका रुपमा रहेर पनि सडक सुविधाका दृष्टीबाट पछि परेको र सरकारी पक्षको ध्यान कम पुगेको देखिएकाले पर्यटकीय गन्तव्यलाई सहज पुर्वाधारसहितको विकासमा ध्यान दिन तथा सडकको स्तरउन्नती गर्न सरकारसँग माग गर्दछौं । साथै शंखरापुर नगरपालिकासँगसमेत आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनका लागि आग्रह गर्दछौ ।

167 Views

ताजा

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको गभर्नरमा रमेश अधिकारी

२०८३ बैशाख १६ गते, बुधबार

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको गभर्नरमा रमेश अधिकारी

२०८३ बैशाख १६ गते, बुधबार

फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित

२०८३ बैशाख १५ गते, मंगलवार

सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल

२०८३ बैशाख १४ गते, सोमबार

‘त्रिवि क्रिकेट मैदान भत्किँदैन’

२०८३ बैशाख १४ गते, सोमबार

यस्तो छ मन्त्रिपरिषद् बैठकको ३ निर्णय

२०८३ बैशाख १४ गते, सोमबार

अन्ततः भीष्मराज आङ्देम्बेले पाए दलको नेताको जिम्मेवारी

२०८३ बैशाख १४ गते, सोमबार

पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह

२०८३ बैशाख ११ गते, शुक्रबार

आज देशभर बीसौँ लोकतन्त्र दिवस

२०८३ बैशाख ११ गते, शुक्रबार

खस क्षेत्री महाधिवेशन आज : अध्यक्ष पदमा अर्जुनबहादुर अधिकारी अग्रपंक्तिमा  

२०८३ बैशाख ११ गते, शुक्रबार

आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

२०८३ बैशाख ६ गते, आईतवार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal