विश्व कीर्तिमान रच्ने तरखरमा सन्दीप

२०७९ फाल्गुन २९ गते, सोमबार

काठमाडौं । नेपालका क्रिकेटर सन्दीप लामिछानेले विश्व कीर्तिमान रच्ने तरखरमा छन् । । सोमबार पपुवा न्युगिनीलाई नेपालले ९५ रनमा अलआउट गर्दा सन्दीपले पाँच विकेट लिए । उनै सन्दीप प्लेयर अफ द म्याच पनि चुनिए । सन्दीपले लिएको यो पाँच विकेटसँगै उनी विश्व कीर्तिमान नजिक पुगेको छन् । अब उनले दुई विकेट लिए ओडीआईमा सबैभन्दा छिटो सय विकेट लिने राशिद खानको विश्व कीर्तिमान बराबरी गर्नेछन् । त्यस्तै, तीन विकेट लिए उनले राशिदको त्यो दुर्लभ विश्व कीर्तिमान भंग गर्दै आफ्नो नाममा राख्ने छन् ।

राशिदले ४४ खोलमा १०० विकेटको विश्व कीर्तिमान राखेका थिए । उनले सन् २०१८ मा वेष्ट इन्डिजविरुद्ध एक विकेट लिएसँगै यस्तो विश्व रेकर्ड राखेका थिए । उनले यसअघि अस्ट्रेलियाका मिचेल स्टार्कको रेकर्ड तोडेका थिए । स्टार्कले २०१६ मा ५२ खेलबाट सय विकेट पूरा गरेका थिए ।

बिहीबार नेपालले यूएईविरुद्ध खेल्दैछ । सन्दीपले बिहीबार नै यूएईविरुद्धको खेलमा राशिदको रेकर्ड भंग गर्न सक्छन् । सन्दीप भन्छन्, ‘विश्व कीर्तिमानका लागि अझै पनि समय छ । अब आउने खेल हाम्रो लागि फाइनलसरह हो । गौरवान्वित लाग्छ नै । सुरुवात शून्यबाटै हुन्छ । गौरव हुन्छ नै मेरो परिवार टिम र सबैका लागि ।’

सन्दीपकै उत्कृष्ट प्रदर्शनमा पपुवा न्युगिनीविरुद्ध नेपालले सानदार जित निकाल्यो । सन्दीपले १० ओभरमा एक मेडन ओभर राख्दै २५ रन खर्चिएर पाँच विकेट लिए । पपुवा न्युगिनीविरुद्ध ९ विकेटको जितपछि सन्दीपले आफ्नो प्रदर्शनबाट खुसी रहेको बताए ।

186 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८३ असार १ गते, सोमबार

जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध

२०८३ असार १ गते, सोमबार

नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण  : नेपाल डेभलपमेन्ट वाच

२०८३ असार १ गते, सोमबार

नेपालको सीमामा नेपालीलाई नै त्रास

२०८३ असार १ गते, सोमबार

#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन

२०८३ असार १ गते, सोमबार

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए

२०८३ जेष्ठ ३१ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal