पुलको नट बोल्ट भाँचिएपछि सवारीसाधन आलोपालो चलाउँदै
काठमाडौँ । भोजपुर र धनकुटाको सिमाना लेगुवाघाटस्थित अरूण नदीको पुलमा लगाइएको नट बोल्ट भाँचिएको छ । नट बोल्ट भाँचिएपछि सवारीसाधनलाई आलोपालो प्रवेश गराउन थालिएको छ ।
पुलको नटबोल्ट भाँचिएपछि जोखिम बढेकाले सवारीसाधन आलोपालो गरी चलाइनुका साथै कम क्षमता भएका सवारीसाधनलाई मात्र प्रवेश गर्न दिइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक शरत्कुमार थापा क्षेत्रीले बताए। उनले पुलमा आवागमनका लागि प्रहरीले समन्वय गरिरहेको बताए।
पुलमा लगाइएका आठ वटा नट बोल्ट भाँचिएपछि १० टनभन्दा बढीका सवारीसाधन प्रवेशमा रोक लगाइएको छ । सडक डिभिजन कार्यालय तुम्लिङटारले एक सूचना जारी गर्दै पुलमा लगाइएका नट बोल्ट भाँचिएको पुष्टि गर्दै सबैलाई सचेत रहन आग्रह गरेको हो ।
पुलको मध्यभागमा स्टिल गृडर र भर्टिकल पोस्ट जोड्ने बेस प्लेटको नट बोल्ट भाँचिएको बताइएको छ । हाल पुलमा सुरक्षाकर्मीको समन्वयमा एक पटकमा एउटा सवारीसाधन मात्रै प्रवेश गर्ने व्यवस्था मिलाइएको सडक डिभिजन तुम्लिङटारले जनाएको छ । दश वर्ष अगाडिबाट सञ्चालनमा आएको एक सय २० मिटर लम्बाई र सात मिटर चौडाइको उक्त पुल जोखिममा परेपछि आवागमनमा समस्या भएको छ ।
दैनिक सवारीसाधन आवतजावत गर्ने पुल जोखिममा परेपछि यसतर्फ सरोकारवालाको ध्यान जानुपर्ने स्थानीयवासी शङ्कर आचार्यले बताए । आचार्यले भने, “सडक डिभिजनले अहिले सूचना टाँस गर्ने काम मात्र गरेको छ, मर्मतका लागि तत्काल पहल थाल्नुप¥र्यो ।”
पुलमा देखिएको समस्या तत्काल समाधान गरेर सहज यातायातको व्यवस्था गरिनुपर्ने उद्योग वाणिज्य सङ्घका अध्यक्ष कर्णबहादुर मोक्तानले बताए ।
“पुलमा देखिएको जोखिमका कारण सवारीका साधन मात्र होइन जिल्लामा नियमित प्रयोगमा आउने खाद्यन्नलगायत अत्यावश्यक सेवाको ढुवानीमा समेत समस्या हुन्छ, त्यसैले पुल मर्मत चाँडै थाल्नुपर्छ”, उनले भने।
हाल जोखिम सावधानका लागि पुलबाट अतिआवश्यक सामग्री तथा सवारीसाधन मात्र आवतजावत भइरहेका सडक डिभिजन तुम्लिङटारले जनाएको छ । रासस
ताजा
बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत
२०८३ जेष्ठ १० गते, आईतवार
बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत
२०८३ जेष्ठ १० गते, आईतवार
पोखरामा अतिक्रमित संरचना हटाउन १५ दिने थप सार्वजनिक सूचना
२०८३ जेष्ठ १० गते, आईतवारशिवसताक्षी नगरपालिकाले ट्रयाक्टर जोताई सेवाशुल्कमा एकरुपता ल्याउने
२०८३ जेष्ठ १० गते, आईतवारवैदेशिक रोजगारीबाट फर्किएकालाई विशेष तालिम सञ्चालन गर्दै गौरादह नगरपालिका
२०८३ जेष्ठ १० गते, आईतवार
१५ गते राजधानीमा थारु संस्कृतिको ‘घोंघी सांस्कृतिक साँझ २०८३’
२०८३ जेष्ठ १० गते, आईतवार
सभामुखले पनि फकाउन सकेनन् प्रधानमन्त्रीलाई
२०८३ जेष्ठ १० गते, आईतवार
ओलीलाई अझै अप्ठ्यारो
२०८३ जेष्ठ १० गते, आईतवार
युवा आक्रोश र देशको अवस्थाबीच गगन थापाको भूमिका महत्वपूर्ण : मिश्र
२०८३ जेष्ठ ७ गते, बिहीबार
स्वीकृत नलिई राहदानी विदेश लैजान खोज्ने दुई पक्राउ
२०८३ जेष्ठ ७ गते, बिहीबार
श्रीलंका टापुबाट ‘महाराजधिराज’को छायांकन सुरु
२०८३ जेष्ठ ७ गते, बिहीबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





