पुलको नट बोल्ट भाँचिएपछि सवारीसाधन आलोपालो चलाउँदै

२०७९ फाल्गुन २१ गते, आईतवार

काठमाडौँ । भोजपुर र धनकुटाको सिमाना लेगुवाघाटस्थित अरूण नदीको पुलमा लगाइएको नट बोल्ट भाँचिएको छ । नट बोल्ट भाँचिएपछि सवारीसाधनलाई आलोपालो प्रवेश गराउन थालिएको छ ।

पुलको नटबोल्ट भाँचिएपछि जोखिम बढेकाले सवारीसाधन आलोपालो गरी चलाइनुका साथै कम क्षमता भएका सवारीसाधनलाई मात्र प्रवेश गर्न दिइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक शरत्कुमार थापा क्षेत्रीले बताए। उनले पुलमा आवागमनका लागि प्रहरीले समन्वय गरिरहेको बताए।

पुलमा लगाइएका आठ वटा नट बोल्ट भाँचिएपछि १० टनभन्दा बढीका सवारीसाधन प्रवेशमा रोक लगाइएको छ । सडक डिभिजन कार्यालय तुम्लिङटारले एक सूचना जारी गर्दै पुलमा लगाइएका नट बोल्ट भाँचिएको पुष्टि गर्दै सबैलाई सचेत रहन आग्रह गरेको हो ।

पुलको मध्यभागमा स्टिल गृडर र भर्टिकल पोस्ट जोड्ने बेस प्लेटको नट बोल्ट भाँचिएको बताइएको छ । हाल पुलमा सुरक्षाकर्मीको समन्वयमा एक पटकमा एउटा सवारीसाधन मात्रै प्रवेश गर्ने व्यवस्था मिलाइएको सडक डिभिजन तुम्लिङटारले जनाएको छ । दश वर्ष अगाडिबाट सञ्चालनमा आएको एक सय २० मिटर लम्बाई र सात मिटर चौडाइको उक्त पुल जोखिममा परेपछि आवागमनमा समस्या भएको छ ।

दैनिक सवारीसाधन आवतजावत गर्ने पुल जोखिममा परेपछि यसतर्फ सरोकारवालाको ध्यान जानुपर्ने स्थानीयवासी शङ्कर आचार्यले बताए । आचार्यले भने, “सडक डिभिजनले अहिले सूचना टाँस गर्ने काम मात्र गरेको छ, मर्मतका लागि तत्काल पहल थाल्नुप¥र्यो ।”

पुलमा देखिएको समस्या तत्काल समाधान गरेर सहज यातायातको व्यवस्था गरिनुपर्ने उद्योग वाणिज्य सङ्घका अध्यक्ष कर्णबहादुर मोक्तानले बताए ।

“पुलमा देखिएको जोखिमका कारण सवारीका साधन मात्र होइन जिल्लामा नियमित प्रयोगमा आउने खाद्यन्नलगायत अत्यावश्यक सेवाको ढुवानीमा समेत समस्या हुन्छ, त्यसैले पुल मर्मत चाँडै थाल्नुपर्छ”, उनले भने।

हाल जोखिम सावधानका लागि पुलबाट अतिआवश्यक सामग्री तथा सवारीसाधन मात्र आवतजावत भइरहेका सडक डिभिजन तुम्लिङटारले जनाएको छ । रासस

77 Views

ताजा

पक्राउ परेको ४ घण्टामै रेशम चौधरी रिहा

२०८२ बैशाख १७ गते, बुधबार

पक्राउ परेको ४ घण्टामै रेशम चौधरी रिहा

२०८२ बैशाख १७ गते, बुधबार

नाउपाका संस्थापक तथा संरक्षणक रेशम चौधरी पक्राउ, एकता घोषणा सभा स्थगित

२०८२ बैशाख १७ गते, बुधबार

राज्यमन्त्री तामाङको २० करोड प्रकरण छानविन गर्न भीम रावलको माग

२०८२ बैशाख १६ गते, मंगलवार

शिक्षक आन्दोलन आज पनि जारी रहने

२०८२ बैशाख १६ गते, मंगलवार

लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

२०८२ बैशाख १६ गते, मंगलवार

सुरु भयो जानकी जन्मोत्सव

२०८२ बैशाख १६ गते, मंगलवार

वैशाख ३१ सम्म दाउन्नेमा राति सवारी चलाउन रोक

२०८२ बैशाख १६ गते, मंगलवार

काठमाडौंमा आज राप्रपा नेपालले प्रदर्शन गर्ने

२०८२ बैशाख १५ गते, सोमबार

सबै शिक्षक र कर्मचारीलाई काठमाडौं आउन महासंघले ग¥यो अपिल

२०८२ बैशाख १५ गते, सोमबार

झडपमा परी ६३ जना शिक्षकहरू घाइते

२०८२ बैशाख १४ गते, आईतवार

लोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal