मदन भण्डारी हत्याको छानबिन माग गर्दा २१ जनालाई मारियो: केपी ओली

२०७९ फाल्गुन २१ गते, आईतवार

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्याको छानबिन माग गर्दा २१ जना मानिसको हत्या भएको बताएका छन् । सुखानीको बलिदानको स्मृतिमा आयोजित ५० औं सहिद दिवसका अवसरमा एमालेले आइतबार गरेको कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले २०४६ को परिवर्तनपछि समेत मानिसहरू मार्ने क्रम नरोकिएको बताए ।

‘मदन भण्डारीको हत्या भयो, जीवराज आश्रितको हत्या भयो । त्यस प्रशंगमा हामीले छानबिन होस् भनेर माग गर्यौं । त्यो माग गर्दामात्रै २१ जनालाई गोली हानेर हत्या गरियो’, अध्यक्ष ओलीको भनाइ छ । आयोग बनाएर छानबिन गरिदेऊ भन्दा झापामा डिल्ली गौतमसहित थुप्रै ठाउँमा हत्या भएको अध्यक्ष ओलीको भनाइ छ । उनले बहुदल आएपछि कांग्रेसले डेमोक्रेसी रक्षाका लागि भन्दै अकारण गोली हानेर मार्ने गरेको बताए । उनले सशस्त्र जनयुद्धमा पनि धेरै मानिस मारिएको भन्दै २०६३ सालमा बृहत् शान्ति सम्झौतापछि राजतन्त्र हटेको बताए ।

उनले जनयुद्धका नाममा १७ हजार मानिस मारिएकोमा आपत्ति जनाए । उनले यस्तो शिलशिलाको अन्त्य हुनुपर्ने भन्दै कसैको स्वार्थका लागि अर्काको जिन्दगी जाने स्थिति हुन नहुने बताए । ‘राजनीतिलाई छलछाम र षडयन्त्रको खेल नबनाइयोस्,राजनीतिलाई आदर्श र समाज रुपान्तरणको माध्यम बनाइयोस्’, ओलीको भनाइ छ ।

तत्कालीन पञ्चायती सरकारले २०२९ साल फागुन २१ मा वामपन्थी आन्दोलनमा सहभागी ५ नेताहरूलाई जेलबाट निकालेर झापाको सुखानी जंगल लगेर हत्या गरेको थियो । उक्त घटना नेपाली राजनीतिमा सुखानी हत्या काण्डले चिनिन्छ । सुखानीमा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन्द्र राजवंशी,कृष्ण कुइकेल र नारायण राजवंशीको हत्या भएको थियो ।

76 Views

ताजा

पक्राउ परेको ४ घण्टामै रेशम चौधरी रिहा

२०८२ बैशाख १७ गते, बुधबार

पक्राउ परेको ४ घण्टामै रेशम चौधरी रिहा

२०८२ बैशाख १७ गते, बुधबार

नाउपाका संस्थापक तथा संरक्षणक रेशम चौधरी पक्राउ, एकता घोषणा सभा स्थगित

२०८२ बैशाख १७ गते, बुधबार

राज्यमन्त्री तामाङको २० करोड प्रकरण छानविन गर्न भीम रावलको माग

२०८२ बैशाख १६ गते, मंगलवार

शिक्षक आन्दोलन आज पनि जारी रहने

२०८२ बैशाख १६ गते, मंगलवार

लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

२०८२ बैशाख १६ गते, मंगलवार

सुरु भयो जानकी जन्मोत्सव

२०८२ बैशाख १६ गते, मंगलवार

वैशाख ३१ सम्म दाउन्नेमा राति सवारी चलाउन रोक

२०८२ बैशाख १६ गते, मंगलवार

काठमाडौंमा आज राप्रपा नेपालले प्रदर्शन गर्ने

२०८२ बैशाख १५ गते, सोमबार

सबै शिक्षक र कर्मचारीलाई काठमाडौं आउन महासंघले ग¥यो अपिल

२०८२ बैशाख १५ गते, सोमबार

झडपमा परी ६३ जना शिक्षकहरू घाइते

२०८२ बैशाख १४ गते, आईतवार

लोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal