महोत्तरीमा डढेलोले सखाप हुँदै वन
महोत्तरी । मध्यफागुनमै महोत्तरीको वन क्षेत्रमा जताततै डढेलो लागेको छ । डढेलोबाट स–साना बिरुवा नष्ट हुन थालेका छन् । यसपालि हिउँदभरि पानी नपरेकाले डढेलो चाँडै फैलने खतरा छ । बर्दिबास र गौशाला नगरपालिका क्षेत्रका राष्ट्रिय वन ९सामुदायिक वन०, साझेदारी वन, धार्मिक वन र सागरनाथ वन विकास परियोजनाका प्लटमा तथा पूर्वपश्चिम राजमार्ग वरपरका वन क्षेत्रमा धुँवाको मुस्लो जताततै देखिन्छ ।
बर्दिबास नगर क्षेत्रभित्र चार सबडिभिजन कार्यालय ९बाँके, टुटेश्वर, गणन्ता र गौरीडाँडा० छन् । यहाँ सशस्त्र वन सुरक्षा कार्यालय पनि छ । यसबाहेक सागरनाथ वन विकास परियोजनाको कार्यालय र पोष्ट पनि छन् । बर्दिबास–५ टुटेश्वरका बुद्धिराज काफ्ले भन्छन्, “डढेलो लगाउनेहरू कहिल्यै समातिएनन् ।” डढेलो बस्तीमै आइपुग्ने चिन्ताले राम्ररी सुत्न नसकेको उनको भनाइ छ ।
डढेलोका साथै वन क्षेत्रमा सुरक्षा गस्ती नगर्दा रुखका लाथ्रा काट्ने क्रम ह्वात्तै बढेको छ । साझेदारी वनका समिति र कार्यालय एवं सामुदायिक वन उपभोक्ता समिति पनि वन सम्पदा सुरक्षामा नभई उपभोगमा मात्र लागेका गुनासो छ । उनीहरुको उदासिनताले वन उजाड हुँदै गएको गौशाला–१० लक्ष्मीनियाँका लक्ष्मीप्रसाद महतो बताउछन्।
“दिनदिनै डढेलोले वन खरानी हुँदै छ”, उनले भने । वन कर्मचारीको उदासिनताले वन सखाप भइरहेको उनको भनाइ छ । डढेलो लगाए नयाँ घाँस पलाउने विश्वासले वनमा डढेलो लगाउने गरेको पाइन्छ । गोठालाले बढीजसो डढेलो लगाउने गरेका पाइएको छ । जिल्लाको वन क्षेत्र मासिने क्रम बढेको छ ।
जिल्लामा राष्ट्रिय वन, सामुदायिक, साझेदारी, धार्मिक र सागरनाथ वन विकास परियोजनाको समेत गरी २४ हजार चार सय ६५ हेक्टर क्षेत्रफलमा वन रहेको डिभिजन वन कार्यालयले जनाएको छ । पर्याप्त जनशक्ति नहुँदा सबै क्षेत्रमा सघन गस्ती गराउन नसकिएको कर्मचारी बताउँछन् । डढेलो नियन्त्रणमा सर्वसाधारणको सहयोग आवश्यक भएको गणन्ता सबडिभिजन वन कार्यालय बर्दिबास–५ माइस्थानका कार्यालय प्रमुख सहायक वन अधिकृत रामसुन्दर साह बताउछन् ।
वन क्षेत्रको नियमित गस्ती र कारबाही प्रक्रिया दुरुस्त गर्न वन सुरक्षा र जिल्लास्थित अन्य सुरक्षा निकायको समन्वयमा संयुक्त टोली बनाइएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताए । “वन क्षेत्रभित्र सशस्त्र प्रहरी र नेपाल प्रहरीका पोष्टसमेत छन्, यी सबैको संयुक्त गस्ती बढाइनुपर्छ”, उनले भने । (रासस)
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





