स्ववियु निर्वाचनः देशभरका क्याम्पसमा निर्वाचन समिति गठन

२०७९ फाल्गुन १७ गते, बुधबार

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनका लागि देशभरका क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन भएको छ ।

आगामी चैत ५ गते हुने निर्वाचनका लागि उपत्यकासहित देशभरका त्रिवि आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन गरिएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले सबै क्याम्पसले स्ववियु निर्वाचन गर्नका लागि निर्वाचन समिति गठन गरेको जानकारी दिए ।

प्रत्येक क्याम्पसमा क्याम्पस प्रमुख संरक्षक हुने गरी निर्वाचन समिति गठन गरिएको उनले बताए । उक्त समितिले नै क्याम्पसमा स्ववियु निर्वाचन गराउने छ । त्रिविका सबै आङ्गिक क्याम्पसमा विद्यार्थी कल्याण प्रमुख रहने व्यवस्था रहेको छ ।

यसअघि त्रिविका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालको अध्यक्षतामा १६ सदस्यीय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति गठन गरिसकिएको छ । निर्देशनालयका निर्देशक अधिकारीले गठन गरिएको समिति र क्याम्पस प्रमुखलाई जिल्ला स्थिति निर्वाचन आयोगसँग स्ववियु निर्वाचनमा समन्वय गर्न अनुरोध गरिएको बताए ।

सुरक्षा व्यवस्था मिलाउन पत्राचार
यस्तै उनले स्ववियु निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्रालयमार्फत ७७ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्राचारसमेत गरिएको जानकारी दिए । “स्ववियु निर्वाचनको सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्रालयमार्फत ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरिएको छ”, उनले भने, “क्याम्पस प्रमुखलाई समेत स्थानीय प्रशासनसँग समन्वय गर्न निर्देशन दिएका छौँ ।”

आगामी चैत ५ गते देशभरका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुने स्ववियु निर्वाचनका लागि कार्यतालिकासमेत सार्वजनिक भइसकेको छ ।

कार्यतालिकाअनुसार यही फागुन १९ गते विद्यार्थी सङ्घरसङ्गठन दर्ता, फागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २७ गते बिहान ११ देखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता तोकिएको छ ।

यस्तै कार्यतालिकाअनुसार मतदान चैत ५ गते बिहान ८ देखि दिउँसो ४ बजेसम्म तोकिएको छ । प्रत्येक दुई दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालदेखि यता नियमित हुन सकेको छैन । विसं २०६५ चैत ६ गते भएको स्ववियु निर्वाचन एकै पटक आठ वर्षमा २०७३ चैत १५ गते भएको थियो ।

37 Views

ताजा

पाँचौ सगरमाथा म्युजिक अवार्ड २०८० असोज २६ मा हुने

२०८० आश्विन ५ गते, शुक्रबार

पाँचौ सगरमाथा म्युजिक अवार्ड २०८० असोज २६ मा हुने

२०८० आश्विन ५ गते, शुक्रबार

दलाल पूँजीपतिद्वारा संक्रमित व्यवस्थापिका र कार्यपालिका

२०८० आश्विन ५ गते, शुक्रबार

संगीत सुख दुःखको सारथी हो

२०८० आश्विन ५ गते, शुक्रबार

शिक्षकहरुको काठमाडौंमा वृहत सडक आन्दोलन

२०८० आश्विन ३ गते, बुधबार

एमालेको राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम

२०८० आश्विन ३ गते, बुधबार

संविधानले सम्झिएका सुशील र सुवास

२०८० आश्विन ३ गते, बुधबार

आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्दछः राष्ट्रपति पौडेल

२०८० आश्विन ३ गते, बुधबार

संविधानको कार्यान्वयनमार्फत जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्न सरकार प्रतिबद्ध छःः प्रधानमन्त्री दाहाल

२०८० आश्विन ३ गते, बुधबार

मुलुकलाई संविधानले समृद्धितर्फ अघि बढ्न दिशानिर्देश गरेको छः देउवा

२०८० आश्विन ३ गते, बुधबार

आज संविधान दिवस, सार्वजनिक विदा

२०८० आश्विन ३ गते, बुधबार

लोकप्रिय

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ

२०७९ माघ ९ गते, सोमबार

विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’

२०७९ पुष ८ गते, शुक्रबार

भाईरल बरिशा, हिरोईन रश्मिकाले भेट्न आउने ईच्छा ब्यक्त गरेपछी….

२०७९ आश्विन ४ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal