४ वटा ट्यांकरको ८० हजार लिटर डिजेलमा मिसावट भेटियो

२०७९ फाल्गुन १४ गते, आईतवार

काठमाडौं । भारतबाट नेपाल ल्याइएका ४ वटा डिजेल ट्यांकरमा मिसावट भेटिएको छ । इण्डियन आयल कर्पोरेसन (आईओसी) को सिलगुडी डिपोबाट नेपाल आएको ४ वटा ट्यांकरको ८० हजार लिटर डिजेलमा मिसावट पाइएको हो ।

निगमको चारआली शाखा कार्यालयले डिजेलमा मिसावट भएको शंका लागेपछि केन्द्रीय कार्यालय टेकुलाई जानकारी दिएको थियो । शंका गरिएका ती ४ वटा ट्यांकरको डिजेल परीक्षण गर्दा मिसावट भेटिएको हो ।

डिजेलमा मटीतेल मिसावटको आशंका छ । नेपालमा भन्दा पनि भारतमा नै डिजेलमा मिसावट भएको हुनसक्ने निगम बताउछ । नेपालमा मटीतेल र डिजेलको मूल्य बराबर छ ।

निगमका अनुसार परीक्षणपछि ती ट्यांकरलाई कारबाही गरेर डिजेल बराबरको गुणस्तर बनाई हाल मिसावट भएको डिजेल बिक्री गरिने छ । नेपालमा डिजेल र मटीतेलको मूल्य बराबर भएपछि बीचमा मिसावट बन्द भएको थियो ।

152 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८३ असार १ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal