प्रधानमन्त्रीप्रति अध्यक्ष ओलीको कटाक्षः हातमा चक्कु लिएर फूल लिएको छु भन्नुभयो !
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले धोका दिएको आरोप लगाउनु भएको छ ।
काठमाडौंमा भएको कार्यक्रममा अध्यक्ष ओलीले देश, जनता र सहयोद्धालाई धोका दिएका प्रचण्डले यसपटक आफूलाई पनि धोका दिएको बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘जनतालाई धोका दिनुभयो, सहयोद्धालाई धोका दिनुभयो, आफूलाई त्यस ठाउँमा पुर्याउनेलाई धोका दिनुभयो भने मलाई धोका दिनु कुन ठूलो कुरा भयो र ?’
प्रचण्डले ढाँट्न र छकाउन अप्ठ्यारो नमान्ने गरेको पनि ओलीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘उहाँ बोल्नुहुन्छ भाषा बेग्लै, गर्नुहुन्छ काम अर्को । हेर्नु देब्रेपट्टि हुन्छ, निशाना दाहिने पट्टि हुन्छ ।’
‘अस्तिका दिनसम्म पनि मसँग छकाउने भाषा बोल्नुभयो, उहाँले हातमा चक्कु लिएर बस्नुभएको थियो, मसँग यो फूल हो, तपाईले चक्कु देख्नुभयो होला, यो फूल हो भन्नुभयो,’ ओलीले भन्नुभयो, ‘मैले चक्कु देखेर पनि तपाईंले भनेपछि फूल नै हो भनेर बसेँ ।’
हरियो देख्नै नहुने। दाम्लो चुँडालेर जान खोज्ने, मैले दाम्लो तानिदिएपछि गाह्रो त भयो नि १ म सँग काम गर्दा काले काले मिलेर खान भाले हुन सक्दैन । जोसँग मिलेर हुन्छ। त्यतै जानुभयो।
प्रधानमन्त्री प्रचण्डले दुई महिनासम्म एमालेसँग सत्तामा बस्दा तीतो अनुभव गरेकोप्रति ओलीले आफूसँग ‘काले काले मिलेर खाम भाले’ गर्न नपाएपछि प्रचण्ड आत्तिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘हरियो देख्नै नहुने। दाम्लो चुँडालेर जान खोज्ने, मैले दाम्लो तानिदिएपछि गाह्रो त भयो नि १ म सँग काम गर्दा काले काले मिलेर खान भाले हुन सक्दैन । जोसँग मिलेर हुन्छ। त्यतै जानुभयो।’
अध्यक्ष ओलीले प्रचण्ड जता मौका मिल्छ उसैसँग मिल्ने गरेको भन्दै बिरालोको उखान पनि सुनाउनु भयो । उहाँले भन्नुभयो, ‘एउटा उखान छ नि, घरमा बिरालो किन्नु पर्दैन। कचौरामा दूध र भात दियो भने छिमेकीको बिरालो खुत्रुक्क आइपुग्छ।’
उहाँले प्रचण्डले चलाएको जनयुद्ध कसका लागि थियो भनी प्रश्न पनि गर्नुभयो। जनयुद्धका नाममा प्रचण्डले २०५२ हिंसाको नयाँ अभियान सुरु गरेको अध्यक्ष ओलीको आरोप थियो।
जनयुद्धबाट प्रचण्डको परिवारलाई फाइदा भए पनि देशलाई दुखेको अध्यक्ष ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कसैलाई दुख्ला, कसैलाई नदुख्ला, तर नेपाललाई दुख्छ। नेपाल राष्ट्रलाई दुख्छ। त्यसको घाउ अहिलेसम्म छ। त्यसको प्रमुख अहिले देशको कार्यकारी प्रमुख छन्। प्रधानमन्त्री भएको तीन पटक भयो। सरकारमा गएको त कति भयो कतिरु कहिले कसैसँग मिलेर कहिले कसैसँग मिलेर।’
लोकतान्त्रिक सरकार बनाउ र जनताका समस्या समाधान गर्ने गरी अघि बढ्न प्रयास गरेको तर प्रचण्डकै कारण त्यो प्रयास असफल भएको ओलीले बताउनुभयो ।
ताजा
Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न
२०८३ श्रावण ६ गते, बुधबार
Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न
२०८३ श्रावण ६ गते, बुधबार
एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट
२०८३ श्रावण ४ गते, सोमबार
अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि
२०८३ श्रावण ४ गते, सोमबार
मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला
२०८३ श्रावण २ गते, शनिबार
आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
२०८३ श्रावण २ गते, शनिबार
डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते
२०८३ श्रावण २ गते, शनिबार
कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन
२०८३ श्रावण २ गते, शनिबार
सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने
२०८३ असार ३२ गते, बिहीबार
नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण
२०८३ असार ३२ गते, बिहीबार
ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो
२०८३ असार ३२ गते, बिहीबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





