प्रधानमन्त्रीप्रति अध्यक्ष ओलीको कटाक्षः हातमा चक्कु लिएर फूल लिएको छु भन्नुभयो !

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले धोका दिएको आरोप लगाउनु भएको छ ।
काठमाडौंमा भएको कार्यक्रममा अध्यक्ष ओलीले देश, जनता र सहयोद्धालाई धोका दिएका प्रचण्डले यसपटक आफूलाई पनि धोका दिएको बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘जनतालाई धोका दिनुभयो, सहयोद्धालाई धोका दिनुभयो, आफूलाई त्यस ठाउँमा पुर्याउनेलाई धोका दिनुभयो भने मलाई धोका दिनु कुन ठूलो कुरा भयो र ?’
प्रचण्डले ढाँट्न र छकाउन अप्ठ्यारो नमान्ने गरेको पनि ओलीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘उहाँ बोल्नुहुन्छ भाषा बेग्लै, गर्नुहुन्छ काम अर्को । हेर्नु देब्रेपट्टि हुन्छ, निशाना दाहिने पट्टि हुन्छ ।’
‘अस्तिका दिनसम्म पनि मसँग छकाउने भाषा बोल्नुभयो, उहाँले हातमा चक्कु लिएर बस्नुभएको थियो, मसँग यो फूल हो, तपाईले चक्कु देख्नुभयो होला, यो फूल हो भन्नुभयो,’ ओलीले भन्नुभयो, ‘मैले चक्कु देखेर पनि तपाईंले भनेपछि फूल नै हो भनेर बसेँ ।’
हरियो देख्नै नहुने। दाम्लो चुँडालेर जान खोज्ने, मैले दाम्लो तानिदिएपछि गाह्रो त भयो नि १ म सँग काम गर्दा काले काले मिलेर खान भाले हुन सक्दैन । जोसँग मिलेर हुन्छ। त्यतै जानुभयो।
प्रधानमन्त्री प्रचण्डले दुई महिनासम्म एमालेसँग सत्तामा बस्दा तीतो अनुभव गरेकोप्रति ओलीले आफूसँग ‘काले काले मिलेर खाम भाले’ गर्न नपाएपछि प्रचण्ड आत्तिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘हरियो देख्नै नहुने। दाम्लो चुँडालेर जान खोज्ने, मैले दाम्लो तानिदिएपछि गाह्रो त भयो नि १ म सँग काम गर्दा काले काले मिलेर खान भाले हुन सक्दैन । जोसँग मिलेर हुन्छ। त्यतै जानुभयो।’
अध्यक्ष ओलीले प्रचण्ड जता मौका मिल्छ उसैसँग मिल्ने गरेको भन्दै बिरालोको उखान पनि सुनाउनु भयो । उहाँले भन्नुभयो, ‘एउटा उखान छ नि, घरमा बिरालो किन्नु पर्दैन। कचौरामा दूध र भात दियो भने छिमेकीको बिरालो खुत्रुक्क आइपुग्छ।’
उहाँले प्रचण्डले चलाएको जनयुद्ध कसका लागि थियो भनी प्रश्न पनि गर्नुभयो। जनयुद्धका नाममा प्रचण्डले २०५२ हिंसाको नयाँ अभियान सुरु गरेको अध्यक्ष ओलीको आरोप थियो।
जनयुद्धबाट प्रचण्डको परिवारलाई फाइदा भए पनि देशलाई दुखेको अध्यक्ष ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कसैलाई दुख्ला, कसैलाई नदुख्ला, तर नेपाललाई दुख्छ। नेपाल राष्ट्रलाई दुख्छ। त्यसको घाउ अहिलेसम्म छ। त्यसको प्रमुख अहिले देशको कार्यकारी प्रमुख छन्। प्रधानमन्त्री भएको तीन पटक भयो। सरकारमा गएको त कति भयो कतिरु कहिले कसैसँग मिलेर कहिले कसैसँग मिलेर।’
लोकतान्त्रिक सरकार बनाउ र जनताका समस्या समाधान गर्ने गरी अघि बढ्न प्रयास गरेको तर प्रचण्डकै कारण त्यो प्रयास असफल भएको ओलीले बताउनुभयो ।
ताजा

लामिछानेलाई थुनामा पठाउने उच्चको आदेशमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन
२०८१ चैत्र ३१ गते, आईतवार
लामिछानेलाई थुनामा पठाउने उच्चको आदेशमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन
२०८१ चैत्र ३१ गते, आईतवार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन
२०८१ चैत्र ३० गते, शनिबार
फेवा महोत्सव आजदेखि
२०८१ चैत्र ३० गते, शनिबार
वरिष्ठ गायिका देविका बन्दनालाई आईएनसीद्वारा सम्मान
२०८१ चैत्र ३० गते, शनिबार
गोलन्जोरको दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता वडा नं ७ खुर्कोटले जित्यो
२०८१ चैत्र ३० गते, शनिबार
टेलिश्रृखला ‘रहरहरु’ को प्रोमो सार्वजनिक
२०८१ चैत्र ३० गते, शनिबार
रवि लामिछानेलाई कारागार चलान गर्ने आदेशको बदर माग गर्दै निकिता पुगिन् सर्वोच्च अदालत
२०८१ चैत्र २९ गते, शुक्रबार
एमाले सिध्याउँछु भन्नेहरू सफल भएनन् : प्रधानमन्त्री ओली
२०८१ चैत्र २९ गते, शुक्रबार
असिना पानीका कारण भारतमा २५ जनाको मृत्यु
२०८१ चैत्र २९ गते, शुक्रबारलोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार