राष्ट्रपतिका आकांक्षीहरुको संख्या बढ्दै

२०७९ फाल्गुन ११ गते, बिहीबार

काठमाडौँ । नेकपा एमालेसँगको सहमति विपरित राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालको रटान असफल हुने संकेत देखिन थालेको छ । एकपछि अर्को गर्दै राष्ट्रपति पदका दाबेदारहरुको संख्या बढ्दै जान थालेपछि उनको रटान पुरै असफल हुने देखिएको हो । बुधबारसम्म आइपुग्दा फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि दावी प्रस्तुत गर्ने दलहरुको संख्या ४ पुगेको छ ।

नेकपा एकीकृत समाजवादीको बुधबार सम्पन्न स्थायी समिति बैठकले राष्ट्रपति पदमा दाबी गर्ने निर्णय गरेसँगै दाबेदार दलहरुको संख्या ४ पुगेको हो । नेपाली काँग्रेस र नेकपा एमालेबाहेक यसअघि लोकतान्त्रिक समाजवादी पार्टीले समेत राष्ट्रपति आफ्नो पार्टीले पाउनु पर्ने भन्दै अभियान सञ्चालन गरेका थिए । काँग्रेस र एमालेले भावी राष्ट्रपतिको उम्मेदवारको नाम सार्वजनिक नगरे पनि लोसपाले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई अघि सारेर सहमतिको प्रयासका लागि अभियान नै सञ्चालन गरेको छ । उसले मंगलबार र बुधबार प्रधानमन्त्री दाहाललगायत अन्य दलका शीर्ष नेताहरुलाई भेटेर राष्ट्रपतिमा ठाकुरका नाममा सहमति गर्न आग्रह गरेको थियो ।

नेकपा एसले भने अध्यक्ष नेपाल र एमाले अध्यक्ष केपी ओलीवीच सोमबार भेटवार्ता भएपछि राष्ट्रपति पदप्रति चासो देखाएको हो । पार्टी एकता गरे राष्ट्रपतिमा नेपाललाई सहयोग गर्न आप्mनो पार्टी तयार रहेको प्रस्ताव ओलीले भेटवार्तामा राखेको समाचार मंगलबार प्रवाहित भएका थिए । तर, हिजो बसेको स्थायी समिति बैठकमा नेपालले त्यसबारे मुख खोलेनन् । यद्यपि राष्ट्रपतिमा दाबी गर्ने निर्णय भने सो दलले गरेको छ ।

169 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal