२२ पुसमा गृहमन्त्री रवि लामिछानेको सांसद योग्यताबारे सुनुवाइ हुने

२०७९ पुष १२ गते, मंगलवार

​​​​​​​काठमाडौं । गृहमन्त्री रवि लामिछानेको सांसदको योग्यताबारे २२ पुसमा सुनुवाइ हुने भएको छ । अधिवक्ता रविराज बसौलालगायतले दायर गरेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा ६ पुसमै सुनुवाइ भएको थियो ।

त्यसबेला अदालतले अन्तरिम आदेश दिनु नपर्ने सुनाइएको थियो । मंगलबार आएको आदेशको प्रमाणित कपीमा २२ पुसमा सुनुवाइ हुने उल्लेख छ ।

कायममुकायम प्रधानन्यायाधीशको नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत रहेका छन् । २२ पुसमा हुने सुनुवाइपछि अदालतले फैसला सुनाउने छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहनुभएका लामिछानेलाई सांसदको शपथ लिन रोक लगाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो। अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भएको नेपाली नागरिकता प्रयोग गरेको भन्दै उहाँको सभापति पदसमेत खारेज गर्न माग गरिएको छ ।

171 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको कन्भेन्सन सम्पन्न

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal