साढे २१ अर्ब ऋणमा बनेको पोखरा विमानस्थलको लगानी कहिले उठ्छ ?

२०७९ पुष १२ गते, मंगलवार

पोखरा । पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि करिब २२ अर्ब लगानी लागेको छ । २०७३ वैशाख १ मा शिलान्यास भएको विमानस्थल करिब ७ वर्षपछि निर्माण पूरा भएको छ । विमानस्थल बनाउन चीनको एक्जिम बैंकबाट ऋण लिइएको हो । राष्ट्रिय गौरवको आयोजना निर्माण सकिएपछि यही जनवरी १ देखि अन्तर्राष्ट्रिय उडान भर्ने तयारी छ ।

तत्कालीन समयमा २१ अर्ब ४७ करोड लागत लाग्ने बताइएको थियो । इपिसी मोडलमा बनेको विमानस्थलमा काम ढिलो सकिए पनि लागत बढ्ने थिएन । एक्जिमले ७५ प्रतिशत ऋण र २५ प्रतिशत अनुदान दिएको हो । २ प्रतिशत ब्याजदरमा लिइएको बैंकको ऋण सरकारले तिर्न थालिसकेको छ ।

करिब ४ हजार रोपनी क्षेत्रफलमा विमानस्थल निर्माण गरिएको छ । यसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रुपमा लिइएको छ । तर, यहाँको भुगोलका कारणले ठूला जेट विमान उडान र अवतरण नहुने बताइएको छ । एयरबस मात्रै पोखरामा ल्याण्ड हुन सक्ने प्राविधिक बताउँछन् ।

पोखराको रनवे २ हजार ५ सय मिटर लामो छ । विमानस्थल तयार भएसँगै पोखरेलीको चासो यसको लगानी कसरी उठ्छ भन्नेतर्फ मोडिएको छ । नागरिक उड्ययन प्राधिकरणका जिम्मेवार अधिकारीहरुसँग लगानी उठाउने विषयमा छलफल भएको थियो । पुर्व अर्थसचिव रामेश्वर खनालले अहिलेको भन्दा पर्यटक बढाउन सके ९ वर्षमै लगानी उठ्ने बताएका छन् ।

हवाई विभागका पूर्व महानिर्देशक समेत रहेका खनालले अर्थतन्त्रको हिसाबले यो महत्वपूर्ण रहेको बताए । ‘पोखरा आन्तरिक पर्यटकको हव हो । अन्य सहरसँग जोड्न सके नेपाली पर्यटकबाट मात्रै पनि यो इकोनोमेकल्ली भायवल हुन्छ,’ उनले भने, ‘परिकल्पना गरे अनुसार पर्यटक बृद्धी गर्न सके वर्षमा १ खर्वको आम्दानी गर्छ । यो हिसाबले यहाँको लगानी ओभर इन्भेष्टमेण्ट भएको होइन ।’

२०१९ को तथ्यांक अनुसार ७ लाख प्यासेन्जर फ्लाइट भएको थियो । २०१६ मा साढे ३ लाख मात्रै जहाजमा आउजाउ गर्थे । लगानी उठाउन पर्यटकको संख्या अझै अधिक बढाउनुपर्ने विज्ञहरुको सुझाव छ । विमानस्थल बनाउन २०३२ सालमा जग्गा अधिग्रहण गरिएको थियो । ४० वर्ष जग्गा अधिग्रहणपछि पनि खेती गरिएको छ । पोखराका नागरिक अगुवा र व्यवसायीहरुले निरन्तर अनसन बसेपछि मात्रै विमानस्थल निर्माण चरणमा प्रवेश गरेको हो ।

महानिर्देशक प्रदीप अधिकारी पोखराको लगानी खासै महँगो नभएको बताउँछन् । ‘सुरुमा महँगो भयो, विमानस्थल बनाउन हुँदैन भन्ने छलफल भएको थियो । कष्ट एनालाइसिस गरेर हेर्दा गौतम बुद्धमा भन्दा पोखराको सस्तो परेको हो,’ उनले भने, ‘१४ वटा विल्डिङ निर्माण र रनवेमा सिमेण्ट कंक्रिट प्रयोग गरिएको छ । संरचना नेपालमा पनि यो लेवलको पुर्वाधार तयार भएको छ । यसमा गर्व गर्नुपर्ने धेरै ठाउँ छन् ।’ तर चुनौति भने पोखरामा अत्यधिक रहेको उनले सुनाए । ‘बाटोको समस्या छ ।

फोहोर त लगभग समाधान भएको छ । पर्यटनको राजधानी पोखरामा ४ बजेपछि फ्लाइट बन्द हुन्छ । त्यसैले राती पनि चल्ने यो विमानस्थल अति आवश्यक छ,’ उनले भने, ‘यो विमानस्थलले पोखराको मात्रै होइन, देशको अर्थतन्त्रमा पनि सहयोग पुग्छ ।’ निर्माण सकिएसँगै विमानस्थलमा पहिलो फ्लाइटको लागि धेरै विदेशी हवाई कम्पनीले पनि चासो दिएका छन् ।

न्युज कारखाना

189 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal