संसदीय दलको नेतामा पुरानै अनुहार

२०७९ पुष ७ गते, बिहीबार

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी संसदीय दलको नेता आज चयन गर्ने भएको छ । नव निर्वाचित प्रतिनिधिसभा सदस्यहरुले शपथ ग्रहण गर्ने दिन आज माओवादी केन्द्रले पार्टी संसदीय दलको नेता चयन गर्न लागेको हो । संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोहोरिने निश्चित रहेको माओवादी केन्द्रका नेताहरुले बताउँदै आएका छन् ।

संसदीय दलको नेता चयनसँगै औपचारिक रुपमा सरकार गठनको पहल शुरु हुने यसअघि नै अध्यक्ष प्रचण्डले बताइसकेका छन् । नेकपा माओवादी केन्द्रबाहेक प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अन्य प्रमुख दलहरुले भने संसदीय दलको नेता चयन गरिसकेको अवस्था छ । मंसिर ४ गते सम्पन्न निर्वाचनबाट प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेको नेपाली काँग्रेसले बुधबार आफ्नो संसदीय दलको नेता चयन गरेको थियो । नेपाली काँग्रेस संसदीय दलको नेतामा वर्तमान प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा चयन भएका छन् । बुधबार सम्पन्न निर्वाचनमा महामन्त्री गगन थापालाई ३९ मतले पराजित गर्दै देउवा काँग्रेस संसदीय दलको नेता चयन भएका हुन् । देउवाले ६४ मत ल्याउँदा महामन्त्री थापाले २५ मत प्राप्त गरेका थिए । काँग्रेसका प्रतिनिधिसभामा ८९ सांसद छन् ।

उता, ७८ जना सांसद रहेको प्रतिनिधिसभाको दोश्रो ठूलो दल नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको छ । उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा ओली मंगलबार संसदीय दलको नेता सर्वसम्मत रुपमा चयन भएका थिए । दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने एमालेले अर्को बैठकबाट चयन गर्ने बताइएको छ ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि संसदीय दलको नेता चयन गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देना निर्विरोध दलको नेतामा चयन भएको दीपकबहादुर सिंहले बताए। बैठकले मुलुकको राजनीतिक अवस्थालाई मध्यनजर गर्दै आवश्यक निर्णय लिने अधिकार पनि पार्टी अध्यक्षलाई दिएको सिंहले बताए ।
यसअघि नेकपा एकीकृत समाजवादीले माधव कुमार नेपाललाई, राष्ट्रय स्वतन्त्र पार्टीले रवि लामिछानेलाई र जनमत पार्टीले सीके राउतलाई दलको नेतामा चयन गरेका थिए । त्यस्तै स्वतन्त्रसहित चार सिट रहेको नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेतामा बुधबार रेशम चौधरीकी पत्नीसमेत रहेकी रञ्जिता श्रेष्ठ चौधरी र लोकतान्त्रिक समाजवादी पार्टी संसदीय दलको नेतामा महन्थ ठाकुर चयन भएका छन् ।

196 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal