संसदीय दलको नेतामा पुरानै अनुहार

२०७९ पुष ७ गते, बिहीबार

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी संसदीय दलको नेता आज चयन गर्ने भएको छ । नव निर्वाचित प्रतिनिधिसभा सदस्यहरुले शपथ ग्रहण गर्ने दिन आज माओवादी केन्द्रले पार्टी संसदीय दलको नेता चयन गर्न लागेको हो । संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोहोरिने निश्चित रहेको माओवादी केन्द्रका नेताहरुले बताउँदै आएका छन् ।

संसदीय दलको नेता चयनसँगै औपचारिक रुपमा सरकार गठनको पहल शुरु हुने यसअघि नै अध्यक्ष प्रचण्डले बताइसकेका छन् । नेकपा माओवादी केन्द्रबाहेक प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अन्य प्रमुख दलहरुले भने संसदीय दलको नेता चयन गरिसकेको अवस्था छ । मंसिर ४ गते सम्पन्न निर्वाचनबाट प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेको नेपाली काँग्रेसले बुधबार आफ्नो संसदीय दलको नेता चयन गरेको थियो । नेपाली काँग्रेस संसदीय दलको नेतामा वर्तमान प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा चयन भएका छन् । बुधबार सम्पन्न निर्वाचनमा महामन्त्री गगन थापालाई ३९ मतले पराजित गर्दै देउवा काँग्रेस संसदीय दलको नेता चयन भएका हुन् । देउवाले ६४ मत ल्याउँदा महामन्त्री थापाले २५ मत प्राप्त गरेका थिए । काँग्रेसका प्रतिनिधिसभामा ८९ सांसद छन् ।

उता, ७८ जना सांसद रहेको प्रतिनिधिसभाको दोश्रो ठूलो दल नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको छ । उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा ओली मंगलबार संसदीय दलको नेता सर्वसम्मत रुपमा चयन भएका थिए । दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने एमालेले अर्को बैठकबाट चयन गर्ने बताइएको छ ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि संसदीय दलको नेता चयन गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देना निर्विरोध दलको नेतामा चयन भएको दीपकबहादुर सिंहले बताए। बैठकले मुलुकको राजनीतिक अवस्थालाई मध्यनजर गर्दै आवश्यक निर्णय लिने अधिकार पनि पार्टी अध्यक्षलाई दिएको सिंहले बताए ।
यसअघि नेकपा एकीकृत समाजवादीले माधव कुमार नेपाललाई, राष्ट्रय स्वतन्त्र पार्टीले रवि लामिछानेलाई र जनमत पार्टीले सीके राउतलाई दलको नेतामा चयन गरेका थिए । त्यस्तै स्वतन्त्रसहित चार सिट रहेको नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेतामा बुधबार रेशम चौधरीकी पत्नीसमेत रहेकी रञ्जिता श्रेष्ठ चौधरी र लोकतान्त्रिक समाजवादी पार्टी संसदीय दलको नेतामा महन्थ ठाकुर चयन भएका छन् ।

179 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal