आफूलाई मत दिन गगनको अपिल

२०७९ पुष ६ गते, बुधबार

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका उम्मेदवार गगन थापाले पार्टीका सांसदहरुलाई विवेकसम्मत निर्णय गर्न अपिल गरेका छन् । आज विहान सामाजिक सञ्जालमार्फत कांग्रेस महामन्त्री थापाले देश, जनता, भावी सन्तति र पार्टीको भविष्य सम्झेर आफूलाई मतदान आग्रह गरेका हुन् ।

आज विहान ८ बजेबाट कांग्रेस संसदीय दलको निर्वाचन हुँदैछ। दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुँदैछ ।

यस्तो छ थापाले मतदान अघि गरेको अपिल

आज हुन गइरहेको नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनले देश, जनता र नेपाली कांग्रेसको भविष्य दिशानिर्देश गर्ने छ ्भर्खरै सम्पन्न आमनिर्वाचनमार्फत नेपाली जनताले दिएको अभिमतलाई इमान्दारितापूर्वक आत्मसात गरी देश, लोकतन्त्र, संविधान र भावी सन्तानको लागि नेपाली कांग्रेसका आदरणीय अग्रज नेताहरू तथा माननीय सांसदज्यूहरूलाई विवेकसम्मत निर्णय गर्न म हार्दिक अपिल गर्दछु ्र​

बर्तमान राजनीतिक अन्यौलता र आर्थिक संकटको घडीमा राजनीतिक स्थायित्व सुनिश्चित गर्दै असल शासन र व्यापक आर्थिक सुधारको जगमा समुन्नति र विकास नै अबको राष्ट्रिय एजेण्डा हो भन्ने कुरामा बिश्वस्त छु। सरकारको नेतृत्व, सोच, नीति, कार्यक्रम र कार्यशैली परिवर्तनका पक्षमा नेपाली जनताले दिएको जनादेशको पूर्ण सम्मान गर्दछु ्र

तीन(तीन वटा जनआन्दोलनको नेतृत्व गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने नेपाली कांग्रेस जस्तो क्रान्तिकारी, ऐतिहासिक र लोकतान्त्रिक पार्टीको संसदीय दलको नेताका रुपमा मलाई प्रस्ताव गर्नु भएकोमा आदरणीय अग्रज नेताहरू र सांसद साथीहरूप्रति हार्दिक आभार प्रकट गर्दछु ्र तपाईंहरूको यो विश्वासले मलाई देश र जनताको पक्षमा काम गर्न थप उर्जा र प्रेरणा मिलेको छ ्र मैले तपाईंहरूको यो विश्वास कहिल्यै डगमगाउन नदिने प्रण गर्दछु ्र

नेपालको लोकतान्त्रिक आन्दोलनमा विशिष्ट योगदान गर्नु भएका अग्रज नेताहरुको उच्च सम्मान गर्दै याहाहरुवाट मार्गनिर्देनको अपेक्षा गर्दछु ्र पार्टीका श्रद्धेय नेताहरू तथा सम्पूर्ण माननीय सांसदज्यूहरूले देश, जनता, भावी सन्तति र पार्टीको भविष्य सम्झेर छातीमा हात राखि युगानुकुल निर्णय गरी संसदीय दलको नेतामा मलाई मतदान गर्नुहुन विनम्रतापूर्वक अनुरोध गर्दछु ्र
धन्यवाद
जय नेपाल
गगन थापा
उम्मेदवार, संसदीय दलको नेता
नेपाली कांग्रेस

13 Views

ताजा

हिन्दु धर्म विश्वको पुरानो धर्मः सिद्दबाबा

२०७९ माघ १६ गते, सोमबार

हिन्दु धर्म विश्वको पुरानो धर्मः सिद्दबाबा

२०७९ माघ १६ गते, सोमबार

आत्मदाहको प्रयास गरेका पुरुषलाई बचाउँदा घाइते भएकी घरबेटीको मृत्यु

२०७९ माघ १६ गते, सोमबार

राष्ट्रपतिको निर्वाचन फागुन २५ मा तय

२०७९ माघ १६ गते, सोमबार

मलेसियामा चौथो ईन्टरनेशनल सोसल अर्वाड सम्पन्न

२०७९ माघ १६ गते, सोमबार

अग्रिया सिंह उत्कृष्ट नृत्यांगना

२०७९ माघ १६ गते, सोमबार

सहिदको सपना पूरा गर्न सबै एकजुट हुन आवश्यकः प्रधानमन्त्री प्रचण्ड

२०७९ माघ १६ गते, सोमबार

‘सहिद दिवस’ ले प्रेरणा प्रदान गर्नेछः सभापति देउवा

२०७९ माघ १६ गते, सोमबार

राष्ट्रपति भण्डारीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण

२०७९ माघ १६ गते, सोमबार

विभिन्न कार्यक्रम गरी आज सहिद दिवस मनाइँदै

२०७९ माघ १६ गते, सोमबार

काठमाडौं आइपुगिन् सन्नी लियोन

२०७९ माघ १५ गते, आईतवार

लोकप्रिय

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ

२०७९ माघ ९ गते, सोमबार

विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’

२०७९ पुष ८ गते, शुक्रबार

भाईरल बरिशा, हिरोईन रश्मिकाले भेट्न आउने ईच्छा ब्यक्त गरेपछी….

२०७९ आश्विन ४ गते, मंगलवार

यी हुन् आमा-छोरा झट्ट हेर्दा दिदीभाइ जस्ता तर सँगै स्कुल ।

२०७९ आश्विन २ गते, आईतवार

भूमाफियाहरुको सातो खाएका काठमाडौँका मेयरले गरे अर्को कमालको काम….

२०७९ आश्विन २ गते, आईतवार

बालेन ले बाबुरामलाइ दिए मुखभरीको जवाफ भने हजारौंको घर भ,त्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि ।”

२०७९ आश्विन १ गते, शनिबार

गायिकामाथि जापानमा दोहोरी सञ्चालकले गरे दुर्व्यवहार 

२०७९ भाद्र २९ गते, बुधबार

नेकपा( एकीकृत समाजवादी )को निकट सहकारी संगठन समाजवादी सहकारी संगठन नेपाल घोषणा

२०७९ भाद्र २९ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal