कांग्रेस संसदीय दलको नेतामा देउवासँग गगन भिड्ने

२०७९ पुष ५ गते, मंगलवार

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा महामन्त्री गगन थापा भिड्ने भएका छन्। संस्थापन इतर पक्षबाट महामन्त्री थापा संसदीय दलको नेताको उम्मेदवार बन्ने सहमति जुटेको हो।

इतर पक्षबाट महामन्त्री थापासँगै नेता शेखर कोइराला पनि संसदीय दलको नेताका दाबेदार थिए। थापा र कोइरालामध्ये १ जनालाई साझा उम्मेदवार बनाउने विषयमा इतर पक्षका नेताहरु सोमबारदेखि छलफलमा थिए।

मंगलबार दिउँसो होटल बसेरामा भएको बैठकमा डा कोइरालाले थापालाई समर्थन जनाएका हुन्। थापाले संसदीय दलको नेताका लागि उम्मेदवारी दिँदा डा कोइराला प्रस्तावक बन्ने पनि सहमति जुटेको बताइएको छ।

महामन्त्री थापाले भने प्रतिनिधि सभाको निर्वाचनताका नै संसदीय दलको नेताका लागि प्रतिस्पर्धा घोषणा गरेका थिए।

संस्थापन पक्षबाट भने सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा संसदीय दलको ‘एकल’ उम्मेदवार छन्। कांग्रेस संसदीय दलको नेताका लागि सभापति देउवा र महामन्त्री थापाबीच प्रतिस्पर्धा हुने भएको हो।

कांग्रेस संसदीय दलको नेता चयनका लागि बुधबार निर्वाचन हुँदैछ। उम्मेदवारहरुको मनोनयन दर्ताको समय भने मंगलबार दिउसोका लागि निर्धारण गरिएको छ।

154 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal