कांग्रेस संसदीय दलको नेतामा देउवासँग गगन भिड्ने

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा महामन्त्री गगन थापा भिड्ने भएका छन्। संस्थापन इतर पक्षबाट महामन्त्री थापा संसदीय दलको नेताको उम्मेदवार बन्ने सहमति जुटेको हो।
इतर पक्षबाट महामन्त्री थापासँगै नेता शेखर कोइराला पनि संसदीय दलको नेताका दाबेदार थिए। थापा र कोइरालामध्ये १ जनालाई साझा उम्मेदवार बनाउने विषयमा इतर पक्षका नेताहरु सोमबारदेखि छलफलमा थिए।
मंगलबार दिउँसो होटल बसेरामा भएको बैठकमा डा कोइरालाले थापालाई समर्थन जनाएका हुन्। थापाले संसदीय दलको नेताका लागि उम्मेदवारी दिँदा डा कोइराला प्रस्तावक बन्ने पनि सहमति जुटेको बताइएको छ।
महामन्त्री थापाले भने प्रतिनिधि सभाको निर्वाचनताका नै संसदीय दलको नेताका लागि प्रतिस्पर्धा घोषणा गरेका थिए।
संस्थापन पक्षबाट भने सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा संसदीय दलको ‘एकल’ उम्मेदवार छन्। कांग्रेस संसदीय दलको नेताका लागि सभापति देउवा र महामन्त्री थापाबीच प्रतिस्पर्धा हुने भएको हो।
कांग्रेस संसदीय दलको नेता चयनका लागि बुधबार निर्वाचन हुँदैछ। उम्मेदवारहरुको मनोनयन दर्ताको समय भने मंगलबार दिउसोका लागि निर्धारण गरिएको छ।
ताजा

उद्योगपति चौधरीले मनाए वैवाहिक वार्षिकोत्सव
२०८१ माघ २६ गते, शनिबार
उद्योगपति चौधरीले मनाए वैवाहिक वार्षिकोत्सव
२०८१ माघ २६ गते, शनिबार
यी स्थानमा आज पाँच घन्टासम्म विद्युत अवरूद्ध हुने
२०८१ माघ २६ गते, शनिबार
कुमारी सहकारी हिनामिना प्रकरणः प्रहरीद्वारा अनुसन्धान सुरू
२०८१ माघ २६ गते, शनिबार
सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी
२०८१ माघ २६ गते, शनिबार
गायक राजु परियारको आवाजमा ‘कल कल बगेको खोली’ (भिडियो सहित )
२०८१ माघ २६ गते, शनिबार
आज भीमा एकादशी व्रत, यस्तो छ यसको महत्त्व
२०८१ माघ २६ गते, शनिबार
थापा र श्रेष्ठको सहकार्यमा नयाँ गीत ‘जिन्दगीको दियो’ सार्वजनिक
२०८१ माघ १६ गते, बुधबार
एपी शर्माले ल्याए ‘भ्यालेन्टाइन’ (भिडियो)
२०८१ माघ १६ गते, बुधबार
बिक्न छाडे ठेकी र मदानी
२०८१ माघ ८ गते, मंगलवार
ताइवानमा शक्तिशाली भूकम्प
२०८१ माघ ८ गते, मंगलवारलोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार
काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी
२०८० श्रावण २८ गते, आईतवार