झापाको चारआली जङ्गलमा दम्पतीको शव फेला, १० दिनअघि मृत्यु भएको अनुमान

गौरादह । झापाको मेचीनगरस्थित चारआली जङ्गलमा भेटिएका शवको पहिचान खुलेको छ । अर्जुनधारा–११ स्थायी ठेगाना भएका नेत्रकुमार इङ्नाम लिम्बू र उनकै श्रीमती सन्जु रहेको प्रहरीले पुष्टि गरेको हो ।
लिम्बू दम्पतीको कुहिन लागेको शव सोमबार दिउँसो भेटिएको थियो । दुवैको शव ७० प्रतिशत कुहिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए ।
उनका अनुसार पुरुष झुन्डिएको र महिला भुईँमा लडेको अवस्थामा भेटिएको थियो भने शवको प्रकृति हेर्दा करिब १० दिनअघि मृत्यु भएको अनुमान गर्न सकिन्छ । प्रहरीले घटनास्थलबाट एउटा दाउ, दुई जोर चप्पल, रस्सी फेला पारेको छ ।
सोमबार दिउँसो साढे २ बजे जङ्गलभित्र घाँस, दाउरा टिप्न गएका स्थानीयले शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । यसपछि प्रनाउ महतोका नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । लिम्बू दम्पती करिब १० दिनदेखि डेराबाट बेपत्ता रहेको जनाइएको छ ।
उनीहरू मेचीनगर–१२ मा डेरा बस्दै आएका थिए । नेत्रकुमारले सन्जुसँग दोस्रो विवाह गरेका थिए । सम्बन्ध विच्छेद भइसकेको नेत्रकुमारको पहिलाको श्रीमतीपट्टि सन्तान रहेको जनाइएको छ ।
नेत्रकुमारको घाँटीमा डोरी भेटिएकाले उनले आत्महत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।
‘घटनास्थलमा हतियार भेटिएकाले हत्यापछि आत्महत्याको आशङ्का गरिएको हो’, उनले भने ‘शव परीक्षण रिपोर्टले मात्र यसको पुष्टि हुनसक्छ ।’
घटनास्थलमा भेटिएको दाउ नेत्रकुमारले घरबेटीको घरबाट मागेका थिए । दुवै शवको कानुनी प्रक्रिया पूरा गरी परीक्षणका लागि सोमबार साँझ धरान घोपा पठाइएको प्रवक्ता पाठकले जानकारी दिए ।
ताजा

हिन्दु धर्म विश्वको पुरानो धर्मः सिद्दबाबा
२०७९ माघ १६ गते, सोमबार
हिन्दु धर्म विश्वको पुरानो धर्मः सिद्दबाबा
२०७९ माघ १६ गते, सोमबार
आत्मदाहको प्रयास गरेका पुरुषलाई बचाउँदा घाइते भएकी घरबेटीको मृत्यु
२०७९ माघ १६ गते, सोमबार
राष्ट्रपतिको निर्वाचन फागुन २५ मा तय
२०७९ माघ १६ गते, सोमबार
मलेसियामा चौथो ईन्टरनेशनल सोसल अर्वाड सम्पन्न
२०७९ माघ १६ गते, सोमबार
अग्रिया सिंह उत्कृष्ट नृत्यांगना
२०७९ माघ १६ गते, सोमबार
सहिदको सपना पूरा गर्न सबै एकजुट हुन आवश्यकः प्रधानमन्त्री प्रचण्ड
२०७९ माघ १६ गते, सोमबार
‘सहिद दिवस’ ले प्रेरणा प्रदान गर्नेछः सभापति देउवा
२०७९ माघ १६ गते, सोमबार
राष्ट्रपति भण्डारीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण
२०७९ माघ १६ गते, सोमबार
विभिन्न कार्यक्रम गरी आज सहिद दिवस मनाइँदै
२०७९ माघ १६ गते, सोमबार
काठमाडौं आइपुगिन् सन्नी लियोन
२०७९ माघ १५ गते, आईतवारलोकप्रिय

धनकुटा महोत्सवमा ३० जना घाइते
२०७९ माघ १५ गते, आईतवार
निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ
२०७९ माघ ९ गते, सोमबार
विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’
२०७९ पुष ८ गते, शुक्रबार
भाईरल बरिशा, हिरोईन रश्मिकाले भेट्न आउने ईच्छा ब्यक्त गरेपछी….
२०७९ आश्विन ४ गते, मंगलवार
यी हुन् आमा-छोरा झट्ट हेर्दा दिदीभाइ जस्ता तर सँगै स्कुल ।
२०७९ आश्विन २ गते, आईतवार
भूमाफियाहरुको सातो खाएका काठमाडौँका मेयरले गरे अर्को कमालको काम….
२०७९ आश्विन २ गते, आईतवार
बालेन ले बाबुरामलाइ दिए मुखभरीको जवाफ भने हजारौंको घर भ,त्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि ।”
२०७९ आश्विन १ गते, शनिबार
गायिकामाथि जापानमा दोहोरी सञ्चालकले गरे दुर्व्यवहार
२०७९ भाद्र २९ गते, बुधबार