स्वास्थ्यमा सन्तोषजनक प्रगति भएपछि चीनबाट आज स्वदेश फर्किँदै वर्षमान

२०७९ पुष ५ गते, मंगलवार

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन आज स्वदेश फर्किँदै छन् । उपचारका लागि चीनमा रहेका पुन स्वास्थ्यमा सन्तोषजनक प्रगति भएपछि स्वदेश फर्किन लागेका हुन् ।

पुन चाइना साउथर्न एयरलाइन्सको नियमित उडानबाट गोन्झाओ हुँदै अपराह्न १ बजे अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम छ । वंशाणुगत जण्डिशबाट पीडित पुन चुनावी धपेडीका कारण रोग बल्झिएपछि गत १६ मंसिरमा नेपाली चिकित्सकहरूको परामर्शमा फलोअप उपचारका लागि चीन गएका थिए ।

उनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार भएको हो । पुन पत्नीसमेत रहेकी पूर्व सभामुख एवं माओवादी स्थायी समिति सदस्य ओनसरी घर्तीले उनको स्वास्थ्यमा सन्तोषजनक सुधार भएको जानकारी दिइन् ।

नेपालबाट जाँदा पुनमा निन्द्रा नलाग्ने, शरीर चिलाउने, लगातार खोकी लाग्ने र खानामा अरुचि तथा बान्ता हुनेजस्ता स्वास्थ्य समस्या थिए । उपचारपछि भने ती समस्या हटेको उनले बताइन् ।

उपचारमा जानुअघि पुनको शरीरमा जण्डिस (बिलरुबिन) को मात्रा २७ बिन्दु थियो । हाल बिलरुबिनको मात्रा घटेर १८ मा आएको छ ।

पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भनिन्छ । यसअघि गत वर्ष पनि रोगले च्यापेपछि उनको पहिला थाइल्याण्ड र पछि चीनमा उपचार गरिएको थियो । पुनको उपचारमा डा. चेन नेतृत्वको विशेषज्ञ टोली सहभागी थियो ।

84 Views

ताजा

माओवादी आन्दोलन भारतीय गुप्तचर संस्था ‘रअ’ ले चलाएको मालेका महासचिव मैनालीको गम्भीर आरोप

२०८१ चैत्र ४ गते, सोमबार

माओवादी आन्दोलन भारतीय गुप्तचर संस्था ‘रअ’ ले चलाएको मालेका महासचिव मैनालीको गम्भीर आरोप

२०८१ चैत्र ४ गते, सोमबार

प्रचण्ड र ज्ञानेन्द्रलाई एउटै खोरमा थुन्ने सक्ने तागत एमाले–कांग्रेसमा छः दयाल बहादुर शाही

२०८१ चैत्र ४ गते, सोमबार

सुन्दा अचम्मः सिङ्गो दलित परिवार नै नागरिकताविहीन

२०८१ चैत्र ४ गते, सोमबार

एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

२०८१ चैत्र ४ गते, सोमबार

फूल बिक्री गरेरै मासिक दुई लाख रुपैयाँ आम्दानी

२०८१ चैत्र ४ गते, सोमबार

श्रीमद् भागवत पुराण ज्ञान महायज्ञको उद्घाटन

२०८१ चैत्र ४ गते, सोमबार

धनगढीमा ग्यास सिलिन्डर विष्फोट तीन जना घाइते

२०८१ चैत्र ३ गते, आईतवार

समाजवादी मोर्चाले चैत १५ गते जनप्रदर्शन गर्ने

२०८१ चैत्र ३ गते, आईतवार

लोकगायक बद्री पंगेनी बने सजिलो नेटको ब्राण्ड एम्बासडर

२०८१ चैत्र ३ गते, आईतवार

प्रमोद खरेलको स्वरमा ’मायाको व्यापार’ गीत सार्वजनिक

२०८१ चैत्र ३ गते, आईतवार

लोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal