आफ्नै सरकार बनाउने कसरतमा एमाले

२०७९ पुष ३ गते, आईतवार

दिपु खड्का

अब नयाँ सरकारको निर्माणको प्रक्रिया सुरु हुने बेला भएको छ । प्रतिनिधिसभामा ठूलो दल बनेको नेपाली कांग्रेसले सरकार बनाउने प्रक्रिया अघि बढाएको छ । कांग्रेसले अरु दलसँग समन्वय गरेर सरकार बनाउने योजना बनाएको छ । उता एमालेले पनि पाएसम्म सरकार बनाउने दाउ गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सरकार बनाउने प्रयास गरिरहेका छन् । उनी सत्ता गठबन्धन टुट्छ कि भन्नेमा आशावादी छन् । ओलीले सत्ता गठबन्धनलाई टुटाउन र विभाजन गर्न पाए आफ्नो भागमा प्रधानमन्त्री आउँछ कि भन्ने सोचमा छन् । हिजोमात्र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि ओलीलाई भेटेका छन् ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा फेरि पनि प्रधानमन्त्री बनेर इतिहास रच्ने योजनामा छन् । देउवाले सात पटकसम्म प्रधानमन्त्री बन्ने योग छ भन्दै आएका छन् । धेरै समयअघि एक जना ज्योतिषीले भनेको कुरालाई लिएर २०७४ सालको निर्वाचनमा यो कुरा बाहिर ल्याएका थिए । देउवा पाँच पटक प्रधानमन्त्री भएका छन् । देउवाले फेरि पनि डडेलधुराबाट प्रतिनिधिसभाको निर्वाचन जितेका छन् । देउवालाई दलको नेता बन्छु भनेर युवा नेता गगन थापाले चुनौती दिइरहेका छन् तर देउवा गगनसँग त्यति धेरै डराएका छैनन् किनभने देउवाले आफू पक्षकालाई नै बढी टिकट दिएका छन् भनें समानुपातिकमा पनि उनले नै आफ्ना मान्छेको नाम राखेका छन् । समानुपातिक छानिँदा पनि देउवाले आफ्नो पहुँच देखाएका छन् । गगनको चाहना स्वभाविक भए पनि यही कार्याकालमा उनी संसदीय दलको नेता बन्न सम्भाव नरहेको तर्क पनि गरिएको छ । गगनलाई संसदीय दलको नेता बनाइएपछि प्रधानमन्त्री बन्ने निश्चित भएकाले उनको नेतृत्वमा अरु पुराना नेता सरकारमा सहभागी हुने कि नहुने भन्ने प्रश्न पनि उठेको छ ।

एमालेले सरकार बनाउने सम्भावना छैन । सत्ता गठबन्धनको बहुमत भएकाले एमालेले चाहँदा पनि सरकार बन्न सजिलो छैन । एमाले भनें आवश्यक परेको खण्डमा सरकार निर्माणमा सहयोग गर्ने भन्दै आएको छ । एमालेको चाहना पनि सरकारबाट बाहिर नबसौं भन्ने रहेको हुन सक्छ भन्ने सजिलै बुझ्न सकिन्छ ।

211 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal