आफ्नै सरकार बनाउने कसरतमा एमाले

दिपु खड्का
अब नयाँ सरकारको निर्माणको प्रक्रिया सुरु हुने बेला भएको छ । प्रतिनिधिसभामा ठूलो दल बनेको नेपाली कांग्रेसले सरकार बनाउने प्रक्रिया अघि बढाएको छ । कांग्रेसले अरु दलसँग समन्वय गरेर सरकार बनाउने योजना बनाएको छ । उता एमालेले पनि पाएसम्म सरकार बनाउने दाउ गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सरकार बनाउने प्रयास गरिरहेका छन् । उनी सत्ता गठबन्धन टुट्छ कि भन्नेमा आशावादी छन् । ओलीले सत्ता गठबन्धनलाई टुटाउन र विभाजन गर्न पाए आफ्नो भागमा प्रधानमन्त्री आउँछ कि भन्ने सोचमा छन् । हिजोमात्र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि ओलीलाई भेटेका छन् ।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा फेरि पनि प्रधानमन्त्री बनेर इतिहास रच्ने योजनामा छन् । देउवाले सात पटकसम्म प्रधानमन्त्री बन्ने योग छ भन्दै आएका छन् । धेरै समयअघि एक जना ज्योतिषीले भनेको कुरालाई लिएर २०७४ सालको निर्वाचनमा यो कुरा बाहिर ल्याएका थिए । देउवा पाँच पटक प्रधानमन्त्री भएका छन् । देउवाले फेरि पनि डडेलधुराबाट प्रतिनिधिसभाको निर्वाचन जितेका छन् । देउवालाई दलको नेता बन्छु भनेर युवा नेता गगन थापाले चुनौती दिइरहेका छन् तर देउवा गगनसँग त्यति धेरै डराएका छैनन् किनभने देउवाले आफू पक्षकालाई नै बढी टिकट दिएका छन् भनें समानुपातिकमा पनि उनले नै आफ्ना मान्छेको नाम राखेका छन् । समानुपातिक छानिँदा पनि देउवाले आफ्नो पहुँच देखाएका छन् । गगनको चाहना स्वभाविक भए पनि यही कार्याकालमा उनी संसदीय दलको नेता बन्न सम्भाव नरहेको तर्क पनि गरिएको छ । गगनलाई संसदीय दलको नेता बनाइएपछि प्रधानमन्त्री बन्ने निश्चित भएकाले उनको नेतृत्वमा अरु पुराना नेता सरकारमा सहभागी हुने कि नहुने भन्ने प्रश्न पनि उठेको छ ।
एमालेले सरकार बनाउने सम्भावना छैन । सत्ता गठबन्धनको बहुमत भएकाले एमालेले चाहँदा पनि सरकार बन्न सजिलो छैन । एमाले भनें आवश्यक परेको खण्डमा सरकार निर्माणमा सहयोग गर्ने भन्दै आएको छ । एमालेको चाहना पनि सरकारबाट बाहिर नबसौं भन्ने रहेको हुन सक्छ भन्ने सजिलै बुझ्न सकिन्छ ।
ताजा

फेब्रुअरी २१ देखि अस्ट्रेलियामा ‘एक्टर’ टेक वनु रिलिज हुने
२०८१ माघ २८ गते, सोमबार
फेब्रुअरी २१ देखि अस्ट्रेलियामा ‘एक्टर’ टेक वनु रिलिज हुने
२०८१ माघ २८ गते, सोमबार
बालेनलाई प्रभु साहले लगाए गुण्डागर्दीको आरोप
२०८१ माघ २७ गते, आईतवार
मन्त्री बन्ने तरखरमा छैनौँः उपेन्द्र यादव
२०८१ माघ २७ गते, आईतवार
प्रधानमन्त्री, मन्त्री बनौँ भनेर राजनीतिमा आएका होइनौँः अध्यक्ष राउत
२०८१ माघ २७ गते, आईतवार
नेसपाको प्रथम महाधिवेशन सुरु, ठूला राजनीतिक दललाई बहिष्कार
२०८१ माघ २७ गते, आईतवार
ट्रम्पले राजकुमार ह्यारीलाई निर्वासन नगर्ने
२०८१ माघ २७ गते, आईतवार
जिन्दगी बुझाउने पुस्तक ‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’
२०८१ माघ २७ गते, आईतवार
इमेज सहकारीका अध्यक्ष नेपालीले फिर्ता गरे बचतकर्ताको एक करोड
२०८१ माघ २७ गते, आईतवार
उपेन्द्र पदको लागि नर्कै जान्छन्ः जसपा नेता श्रेष्ठ
२०८१ माघ २७ गते, आईतवार
अब रारामा पर्यटक प्रहरी
२०८१ माघ २७ गते, आईतवारलोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार
काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी
२०८० श्रावण २८ गते, आईतवार