बर्दिया–१ मा कांग्रेसका सञ्जय गौतम विजयी
२०७९ मंसिर ८ गते, बिहीबार
बर्दिया । बर्दिया प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उमेदवार सन्जय कुमार गौतम विजयी भएका छन् ।
गौतमले नेकपा एमालेका लक्ष्मणराज ज्ञवालीलाई ३ हजार २२९ मतान्तरले पराजित गरेका हुन् । गौतमले २३ हजार ६८ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्वन्द्वी लक्ष्मण राज ज्ञवालीले १९ हजार ८३९ मत प्राप्त गरेका थिए ।
80 Views