१० हजार मतगणना गर्न बाँकी हुँदै रवि लामिछाने विजयी

२०७९ मंसिर ८ गते, बिहीबार

काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ चितवन क्षेत्र नं= २ को मतगणना गर्न १० हजार बाँकी रहँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन् । रविलाई जित्न प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले २६ हजारभन्दा बढी मत ल्याउन पर्ने भएपछि उनी विजयी भएका हुन् ।

पछिल्ला विवरण अनुसार ७४ हजार मतगणना भइसकेको छ । गणना गर्न बाँकी १० हजार मत मात्र छ । यसका आधारमा रवि फराकिलो मतान्तरले विजयी भएका हुन् । यो क्षेत्रमा ८४ हजार ३१५ मत खसेको मुख्य निर्वाचना अधिकृत रितेन्द्र थापाले जानकारी दिए । थापाका अनुसार श्रेष्ठले १३ हजार ५०३ मत प्राप्त गरेका छन् । नेकपा (एमाले)का कृष्णभक्त पोख्रेलले १२ हजार ७७० मत प्राप्त गरेका छन् ।

अन्तिम मतपरिणाम १२ बजेभित्र सार्वजनिक गर्ने थापाले बताए । कर्मचारी व्यवस्थापन र पार्टीका प्रतिनिधिहरूको व्यवस्थापनका कारण आज बिहान केही समय मतगणना ढिलो भएको उनले जानकारी दिए ।

187 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal