शेरबहादुर देउवाविरुद्ध सागर ढकालले आफूलाई जोगाइदिन भन्दै डडेल्धुराका जनतासँग मागे गुहार…..

२०७९ कार्तिक २२ गते, मंगलवार

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध डडेल्धुराबाट स्वतन्त्र उम्मेदवार बनेका सागर ढकालले आफूलाई जोगाइदिन भन्दै त्यहाँका जनतासँग गुहार मागेका छन् ।

 

 

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूलाई डडेल्धुरामा चुनाव प्रचारप्रसारमा माइकिङ गर्दै हिँड्दा रोक लगाइएको भन्दै जनता गुहार्न बाध्य भएको उनले बताएका हुन् ।

 

 

उनले लेखेका छन्, ‘मलाई जोगाइदिनुस्– जनता गुहार्नु बाहेक केही बाँकि रहेन । सबै प्रशासन शेरबहादुरको मुनि छ, कुरा गर्नु नगर्नु बेकार छ। मलाई अब प्रचार प्रसारमा डडेल्धुरामा रोक लगाइएको छ। शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लंघन गर्दा आखा बन्द गरेको प्रशासन आज मैले हर्क साम्पांङ जस्तो गरि माइकिंग गर्न पनि दिएको छैन। मलाइ रोकेको छ ।’

 

 

केही समयअघि प्रधानमन्त्री देउवा गृह जिल्ला पुग्दा प्रतिस्पर्धी ढकाल पनि माला हातमा लिएर देउवाको स्वागतमा लाममा उभिएका थिए । तर, उनले देउवालाई माला लगाउन पाएका थिएनन् ।

206 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal