खुर्सानीले रंगिएको रंग गाउँरुपन्देहीमा श्रीमान्–श्रीमती मृ,त अवस्थामा फेला…
रुपन्देहीमा श्रीमान् र श्रीमती मृ,त अवस्थामा फेला परेका छन् । देवदह नगरपालिका–५ काे पाल्पाली टोलमा घरभित्र चुकुल लागेको अवस्थामा श्रीमान् र श्रीमतीको श,व फेला परेको प्रहरीले जनाएको हो ।
कतारबाट छुट्टी आएका ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीय हेमकला जोल्मी मगर आफ्नै घरभित्र मृ,त अवस्थामा फेला परेको प्रहरीको भनाई छ ।
देवदह प्रहरी चौकी प्रमुख रहेका प्रहरी निरीक्षक गंगाबहादुर सारुले हेमकला भुईंमा पल्टिएको र बालेन्द्र झु ण्डिएको अवस्थामा फेला परेको बताए। बुटवलको प्रहरी टोली घ,टनास्थल पुगेपछि मात्र ढोका खोलेर घ,टनाको अनुसन्धान सुरू गर्ने प्रहरीले जनाएको छ।
घ,टनाको प्रकृति हेर्दा श्रीमानले श्रीमतीको ह त्या गरि आफूले आत्मह’त्या गरेको देखिएको प्रहरीले जनाएको छ। वैदेशिक रोजगारीमा रहेका बालेन्द्र चार दिन अघि मात्रै घर फर्किएका थिए।
आइतबार साँझसम्म पारिवारिक कलह, झै-झगडा केहि थाहा नभएको स्थानीयले बताएका छन्।
बालेन्द्र र हेमकलाका ८ वर्षीय छोरा आइतबार राती आफन्तको घरमा सुत्न गएको र बिहान घर आउँदा ढोका लागेको देखेर झ्याबाट हेर्दा आमा भुईंमा पल्टिएको र बुवा झुण्डिएको देखेपछि छिमेकीलाई खबर गरेका थिए।
इलाका प्रहरी कार्यालय बुटवलको टोली आएपछि थप प्रक्रिया अगाडि बढेको उनले बताए। फाइल तस्विर