कुमारी आमा निहारिका राजपुतको छोरा र शिवराज श्रेष्ठको डी,एनए मिल्यो

२०७९ कार्तिक १८ गते, शुक्रबार

कुमारी आमा चिनिएकी निहारिका राजपुत भनिने सोनालीकुमारी सिंहको कोखबाट जन्मिएको छोरा र बलात्कार आरोपी शिवराज श्रेष्ठ बीच डीएनए मिलेको छ । निहारिकाको मागअनुसार गरिएको परीक्षणमा उनको छोरा र श्रेष्ठको डीएनए मिलेको उच्च अदालत जनकपुरले जनाएको छ ।

 

डीएनए परीक्षण र मिलेको अवस्थामा श्रेष्ठलाई बलात्कारको आरोपमा सजायको मागगर्दै अन”शन बसेकी निहारिकाकै माग अनुसार उनका छोरा र श्रेष्ठको डीएनए ललितपुरको खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षण गरिएको थियो ।

 

उच्च अदालत, जनकपुरले निहारिकाको छोरा र श्रेष्ठको डीएनए परीक्षण गर्न गत ८, भदौमा आदेश दिएको थियो । डीएनए परीक्षणको रिपोर्ट उच्च अदालतमा पेस भएको छ ।

 

बच्चा र श्रेष्ठको डीएनए मिलेको रिपोर्ट शुक्रबार नै हामीलाई प्राप्त भएको छ । रजिष्ट्रार खड्गराज अधिकारीले भने ।म्याच गरेको रिपोर्टसहित अब यो मुद्दा फेरि इजलासमा पठाइनेछ ।’ उनका अनुसार कात्तिक २५, गते पेसी तोकिएको छ । त्यो दिन नै यो मामिला इजलासमा जान्छ । तर निर्वाचनमा धेरैजसो कर्मचारी खटिएकाले चुनावलगत्तै यो मु”द्दामा सुनुवाइ हुनेछ ।

 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले आरोपित श्रेष्ठ र निहारिकाको छोराको डीएनए परीक्षण गर्दा ९९.९९९: प्रतिशत डीएनएन मिलेको रिपोर्ट दिएको बताइएको छ । उच्च अदालत जनकपुरले निहारिकाकै माग अनुसार उनको कोखबाट जन्मेको शिशु र आरो”पित श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश दिएको थियो ।

 

 

189 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal