अभिनेत्री गौरी मल्ल भन्छिन् म जापानमा रेष्टुरेण्टको शौचालय पनि सफा गर्थे, म त्यहाँ कलाकार गौरी मल्ल थिइन।

२०७९ कार्तिक १८ गते, शुक्रबार

काठमाडौ । अभिनेत्री गौरी मल्लले फिल्ममा जस्तो अभिनय गरिन् उनको ब्यक्तिगत जिवन पनि त्यतीकै रोचक र मर्मस्पर्शी छ । उनी केही समय अघि नेपालमा पाएको कलाकारीताको चर्चा, फेम सबै छोडेर जापान गएकी थिइन् ।

 

 

उनले जापानको टोकियोमा एउटा रेष्टुरेण्टमा काम गरिन् । उनलाई पद म्यानेजर दिइएको थियो । तर काम भने सबै गर्नुपरेको थियो । उनी भन्छिन्, म त्यहाँ कलाकार गौरी मल्ल थिइन्, केवल गौरी मल्ल थिए । मेरो कार्डमा म्यानेजर लेखेको भएपनि मैले त्यहाँ शौचालय पनि सफा गरेँ ।

 

 

उनले काम आफुलाई कहिल्यै सानो भन्न नहुने सन्देश दिएकी थिइन् । तर जव काम सकेपछि रेष्टुरेण्टको स्टाफलाई खाना खान दिने तरीका र खाना देखेर भने आफुलाई रोक्न नसकेको उनले बताइन् । त्यती बेला भने उनलाई आफ्नै देश फर्कन मन लागेको थियो । चर्चित पत्रकार विजयकुमारको टेलिभिजन कार्यक्रम दिशा निर्देशमा उनले आफुले जापानमा विताएका ति पल याद गरेर निकै भावुक भइन् ।

 

 

उनले त्यहाँ आफनो एउटा साथी बनेको बिरालोको पनि कुरा गरेकी छन् । नेपालमा अभिनेत्रीका रुपमा ठूलो नाम कमाएकी गौरीलाई जापानको टोकियोमा कसैले पनि चिन्दैनथ्यो । तर त्यो पल उनका लागि विशेष थियो । उनी आफैले आफुलाई चिन्ने मौका पाएकी थिइन् । उनी भन्छिन् कलाकार गौरी मल्ल मैले पाएको परिचय होइन, त्यो मेरो कामले दिएको परिचय हो।

 

 

म जापानमा एक्लै बेञ्चमा बसेर विरालोसंग खेल्दै रमाउने गौरी मल्ल वास्तविक गौरी मल्ल हो । मैले आफुले आफैलाई चिन्ने मौका पाए । उनले टोकियोमा नेपाली रेष्टुरेण्टमा काम गर्दा इन्डियन खानाका सबै परिकार पकाउन सिकेको पनि बताएकी छन् ।

188 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’

२०८३ बैशाख २७ गते, आईतवार

मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु

२०८३ बैशाख २५ गते, शुक्रबार

वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक

२०८३ बैशाख २५ गते, शुक्रबार

सार्वजनिक जग्गा खाली गर्नु नै उचित

२०८३ बैशाख २५ गते, शुक्रबार

प्रदेश हटाउँ, समानुपातिक सिट खारेज गरौँः गोकुल बास्कोटा

२०८३ बैशाख २४ गते, बिहीबार

आज प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

२०८३ बैशाख २४ गते, बिहीबार

दश समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक

२०८३ बैशाख २४ गते, बिहीबार

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री

२०८३ बैशाख २२ गते, मंगलवार

सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि अध्यक्ष भट्टले सरकारलाई अन्तर्राष्ट्रिय इतिहास यसरी सम्झाए

२०८३ बैशाख २२ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal