जघन्य अपराधका घ टनालाई मेल मिलाप गरेर टुङ्गाे लगाउन हुँदैन । मेयर शाह

२०७९ कार्तिक १६ गते, बुधबार

काठमाण्डाै = काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले इमानदार भएर काम गर्न मातहतका निकायलाई निर्देशन दिनु भएको छ । कुनै पनि कामलाई सफल बनाउन स्वच्छ र इमानदार हुनुपर्ने उहाँको भनाइ थियो ।

 

आज बुधवार काठमाण्डाैमा आयोजित ‘काठमाण्डाै महानगरपालिका वडा महिला सञ्जाल गठन र सञ्चालनसम्बन्धी छलफल कार्यक्रममा बोल्दै मेयर शाहले जघन्य अपराधका घटनालाई मेलमिलाप गरेर टुङ्गो लगाउन नहुने धारणा समेत राख्नु भएको छ । जघन्य अपराधका घटनालाई अदालतमा गएर न्याय निरूपण गराउन भ्रष्ट आचरण भएकाहरूले अवरोध पुर्‍याउने भएकाले त्यसतर्फ सचेत रहनुपर्ने उहाँले बताउनु भयो ।

 

उहाँले भन्नुभयो, ‘नेपालमा के चलन छ भने ठूल्ठूला केसहरू मेलमिलापमै समाधान हुन्छन । स–साना केसहरू चाँहि ५, वर्ष १०, वर्ष अदालतमा अड्किन्छ ।

 

त्यो हुनुहुन्न । एकदमै जघन्य अपराध भएका कुराहरूलाई मेलमिलाप गरेर सल्टयाउन हुँदैन । त्यस्ता अपराध अदालतमै जानुपर्छ । त्यस्ता विषयमा फेरि भ्रष्ट आचरण आयो भने त्यो सफल हुन सक्दैन । त्यही भएर हामी स्वच्छ हुनु पर्दछ । हामी आफैँमा इमानदार हुनुपर्दछ ।

 

मेयर शाहले स्थानीय सरकारलाई बलियो बनाउन सकेमात्रै महिला हिंसालगायतका जघन्य अपराधका घ टनालाई निष्तेज पार्न सकिने बताउनु भयो ।

193 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal